तीन पाङ्ग्रे सवारी किन्दै हुनुहुन्छ ? ७० प्रतिशत ऋण दिँदैछ सिभिल बैंकले

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 06, 2018 | 09:40:29 AM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंकले विपन्न वर्ग कर्जा कार्यक्रमको सीमालाई प्रभावकारी बनाउँन भन्दै विवेक अटोमोवाईल्ससँग नयँ सम्झौता गरेको छ ।

यात्रु ओसारपसार तथा सामान ढुवानीको लागी उपयुक्त मानीने तीन पांग्रे सवारी खरिदमा अब सिभिल बैंकले ७० प्रतिशतसम्म कर्जा दिने भएको छ । सम्झौता अनुसार ईटालियन ब्राण्डको तीन पाङ्ग्रे सवारी साधन “पियाजो” खरिदमा ७० प्रतिशतसम्म कर्जा प्रदान गर्ने बैंकले जनाएको छ । सम्झौताले बेरोजगार नेपाली यूवाहरुलाई रोजगारीको सृजना गर्न सहज बाटो खुलाएको बैंकका चिफ विजिनेस अफिसर सुजित कुमार शाक्यले बताए ।

सम्झौतापत्रमा बैंकका तर्फबाट चिफ विजिनेस अफिसर सुजित कुमार शाक्य र विवेक अटोमोवाईल्सको तर्फबाट कार्यकारी निर्देशक विवेक दुगडले हस्ताक्षर गरेका छन् । बैंकले ५९ शाखा तथा ९ शाखा रहित बैंकिङ सेवा मार्फत विपन्न वर्ग कर्जा दिँदै आएको थियो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved