एनसेल प्रयोगकर्ताहरुलाई नयाँ अफर, कसरी सुचारु गर्ने ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 11, 2018 | 09:52:54 PM मा प्रकाशित

laxmi  sunrise bank

एनसेल प्राइभेट लिमिटेडले ‘फ्यूलयोर फन’ योजनाअन्तर्गत आफ्ना ग्राहकका लागि अल टाइम डेटा प्याकलाई थप सुलभ बनाउदै ‘सही’ डाटा प्याक ल्याएको छ ।

यस नयाँ ‘सही’ डेटा प्याकमा ग्राहकले विद्यमान अल टाइम डेटा प्याकभन्दा १० गुणा बढि डेटा प्राप्त गरी थप सुलभ दरमा चौबिसै घण्टा ईन्टरनेटमा पहुचका साथै बोनस स्वरुप दैनिक एक घण्टा निःशुल्क भिडियो स्टि्रमिङको मजा पनि लिन सक्नेछन् ।

‘सही’ डेटा प्याकयहि चैत्र २९ गते बिहीबार देखि लागु हुनेछ । यो डेटा योजनाअन्तर्गत एनसेलका ग्राहकले आधाजिबि देखि १५ जिबिसम्मको १ दिन देखि ३० दिन सम्मको समयावधिका चौबिसै घण्टा चलाउन सकिने अल टाइम डेटा प्याकहरु रु ३९ देखि रु ७९९ सम्ममा सुचारु गर्न सक्नेछन् ।

ग्राहकले १ दिन समयावधि रहेको आधा जिबिको सही डेटा प्याक कर सहितमात्र रु ३९ मा सुचारु गर्न सक्नेछन्, भने तिनदिन समयावधि रहेको १.५ जिबि डेटा कर सहित रु ९९, सातदिन समयावधि रहेको ३.५ जिबि डेटा कर सहित रु १९९ र तीस दिन समयावधि रहेको १५ जिबि डेटा कर सहित रु ७९९ मा सुचारु गर्न सक्नेछन् ।

सही प्याक लिएका ग्राहकले आफूले लिएको प्याकअवधिभर दैनिक एक घण्टा निःशुल्क भिडियो स्टि्रमिङको मजा पनि लिन सक्नेछन् ।यो योजना अन्तर्गतको निःशुल्क भिडियो स्टि्रमिङमा आई 'लिक्स, युट्युब ,युट्युबगो तथा एनसेलको अरु भिडियो प्लेटर्फम (नेट टिभि, भियुक्लिप, लाइफस्टाइल पोर्टल, फन स्टोर पोर्टल, स्पोर्टस् पोर्टल) मा रहेका भिडियो कन्टेन्ट हेर्न सक्नेछन् । ग्राहकले गुगलको सेवा जस्तै प्ले स्टोर, म्याप आदिका लागि पनि यो निःशुल्क भिडियो स्टि्रमिङ सुविधाको प्रयोग गर्न सक्नेछन् ।

‘सही’ डेटा प्याक एनसेलको टु जी, थ्रि जी तथा फोर जी सबै नेटवर्कका लागि मान्य रहेको छ ।ग्राहकले एस्टि्रक्स १७१२३ ह्यास डायल गरी ‘६’ छनोट गरेर आफ्नो आवश्यकता बमोजिमको सही डेटा प्याकलिई अफरको लाभ लिन सक्छन् । त्यस्तै ग्राहकहरुले एसएमएसबाट तथा एनसेल एपबाट पनि यो सेवा सुचारु गर्न सक्नेछन् ।

उदाहरणका लागि १ दिन समयावधिको प्याक सुचारु गर्न ग्राहकले आफ्नो म्यासेज बक्समा ‘३९’ लेखि १७१२३ मा एसएमएस पठाउन सक्नेछन् मोबाइल डेटाको बढ्दो मागलाई सहज बनाउन आफ्ना ग्राहकका लागि अझ सुलभ दरमा अल टाइम डेटा प्याक ल्याउन पाउादा निकै हषिर्त भएको एनसेलले जनाएको छ ।

एनसेलको सबै नेटवर्कमा चलाउन सकिने डेटा प्याकसागै एक घण्टाको निःशुल्क भिडियो स्टि्रमिङ सुविधाले ग्राहकलाई थप मुल्य प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।

सही डेटा प्याकको भोलुम सकिएपछि प्याकको समयावधि भर ‘पे एज यु गो ‘ दर अनुसार कर सहित प्रतिएमबि रु १.१३ लाग्ने कम्पनीले जनाएको छ । यो योजना सुचारु भएको दिन देखि ९० दिनको लागि मान्य रहनेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved