नयाँ बर्षमा नयाँ मोबाइल, एप्पल वल्र्डमा पुरानो स्मार्टफोन सट्टापट्टा

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 12, 2018 | 04:05:09 PM मा प्रकाशित

laxmi  sunrise bank

एप्पल वल्र्ड मोबाइल प्रा.ली.ले नयाँ बर्ष २०७५ को अवसरमा मोबाइल एक्सचेञ्ज अफर संचालनमा ल्याएको छ । बैशाख एक गतेदेखि आठ गतेसम्म संचालन हुने ‘नयाँ बर्षमा नयाँ मोबाइल’ अफर अन्तर्गत पुरानो मोबाइलको सट्टा नयाँ मोबाइल प्रदान गरिने कम्पनीले जनाएको छ । 

अफर अन्तर्गत जुनसुकै ब्राण्डका पुराना स्मार्टफोनसँग नयाँ स्मार्टफोन सट्टा–पट्टा गर्न सकिनेछ । पुरानो फोनको उचित मूल्य लिएर सट्टापट्टा गर्न पाइनुका साथै मोबाइल खरिद तथा मर्मतमा समेत विशेष छुटको अफर राखिएको एप्पल वल्र्ड मोबाइलका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए । 

बिश्व बजारका सबै मोबाइलको कारोबार गर्दै आएको एप्पल वल्र्डले ६० मिनेटमा जुनसुकै मोबाइल मर्मत गर्न सकिने डेढ दर्जन मोबाइलको टच एण्ड फिल सहितको काउन्टर राखेको छ । उक्त काउण्टरमा ३ सय ५० वटा मोडलका मोबाइलको टच एण्ड फिलजोन रहेका छन् । एप्पल वल्र्डमा सामसुङ, जियोनी, ओप्पो, लाभा, जेटटिइ, हुवावे, माइक्रोम्याक्स, पानासोनिक, ओबिआइ, वान प्लस थ्री, आइफोन, एलजी, एमआइ, मेजु, एचटिसी, युएमआइ, माइक्रोसफ्ट, लेनेभो, सोनी, कलर्स लगायतका मोबाइल उपलब्ध छन् भने अन्तर्रा्ष्ट्रिय बजारमा पाइने मोबाइल एसोसरिज र ल्यापटपको समेत कारोबार भइरहेको छ । 

सिटिभी मोबाइल प्रालिले दरबारमार्गस्थित मर्कन्टायल प्लाजामा ‘एप्पल वल्र्ड मोबाइल, ताम्राकार कम्प्लेक्स न्युरोडको पसल नं १२, १३ र ३३, सिटिसी मलको चौथो तल्लामा द वल्र्ड भिजन तथा चाबहिलस्थित केएल टावरमा सिटिभी लिंक इलोक्ट्रोनिक्समार्फत मोबाइलको कारोबार गरिरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved