पुरानो मोबाइलसंग नयाँ मोबाइल साट्ने अफर

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 16, 2018 | 08:20:08 AM मा प्रकाशित

laxmi  sunrise bank

दरबारमार्गमा रहेको एप्पल वल्र्ड मोबाइलले पुरानो मोबाइलसँग नयाँ मोबाइल साट्ने अफर सुरु गरेको छ। एप्पल वल्र्ड मोबाइलले नयाँ वर्षको उपलक्ष्यमा पुरानो मोबाइल साट्ने अफर सहित ५० प्रतिशतसम्म छुटको व्यवस्था समेत गरेको छ।

बैशाख एक गतेदेखि आठ गतेसम्म संचालन हुने नयाँ बर्षमा नयाँ मोबाइल अफर अन्तर्गत पुरानो मोबाइलको सट्टा नयाँ मोबाइल प्रदान गरिने एप्पल वल्र्ड मोबाइलका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले बताए । 

उक्त अफर अन्तर्गत जुनसुकै ब्राण्डका पुराना स्मार्टफोनसँग नयाँ स्मार्टफोन सट्टा–पट्टा गर्न सकिनेछ । पुरानो फोनको उचित मूल्य लिएर सट्टापट्टा गर्न पाइनुका साथै मोबाइल खरिद तथा मर्मतमा समेत ५० प्रतिशत छुटको अफर राखिएको एप्पल वल्र्ड मोबाइलका निर्देशक संगम राइले जानकारी दिए ।

एकै छानामुनी बिश्व बजारमा पाइने २५ भन्दा माथी ब्राण्डका मोबाइल उपलब्ध गराउँदै आएको एप्पल वल्र्ड मोबाइलले डेढ दर्जन ब्राण्डका मोबाइलको टच एण्ड फिल सहितको काउन्टर राखेको छ । जहाँ ६० मिनेटमा जुनसुकै मोबाइलको मर्मत हुन्छ । 

एक सातासम्मका लागि एक्सचेञ्ज अफर सुरु गरेको एप्पल वल्र्ड मोबाइलले दशैं तिहारमा सञ्चालन गरेको उपहार कार्यक्रमका बिजेतालाई उपहार समेत हस्तान्तरण गरेको छ । साथै केएल मोबाइल हब चाबहिल, सिटिसी मलमा रहेको द वल्र्ड भिजन, ताम्राकार कम्प्लेक्स न्युरोडमा रहेको सिटिभि मोबाइलमा सञ्चालन गरिएको दशैं तिहार उपहार योजनाका विजेतालाई समेत उपहार हस्तान्तरण गरिएको छ। 

एप्पल वल्र्ड मोबाइल दरबारमार्गमा आयोजित कार्यक्रममा दशैं-तिहारको बहार मोबाइल किन्दा उपहारै उपहार योजनाका विजेतालाई उपहार वितरण गरिएको हो । 

दशैं तिहारको उपहार योजनाको पहिलो उपहार यमाहाको मोटरसाइकल नबिन श्रेष्ठले हात पारेका छन् । सफल न्यौपानेले दोस्रो उपहार आइफोन ८, सुरज महर्जनले तेस्रो उपहार अन्तर्गत मलेसिया तथा सिगांपुर ट्रिप हात पारेका छन् । त्यस्तै चौथो उपहार पाउने शिक्षा लामाले भिभो मोबाइल, पाँचौ उपहार विजेता एन्जी शेर्पाले जिटी एस सिक्स मोबाइल तथा छठौ उपहार पाउने रामेश्वर उप्रेतिले लेनेभोको मोबाइल प्राप्त गरेका छन् । 

यूवा नेता दिपेस पुन, चर्चित मोडल तथा नायिका ओसीमा बानु, समाजसेबी एवं ब्याबसायी निराजन सिंह र योङ बिजिनेस इन्टरप्रेनर अलाईभ ग्लाईडरले विजेतालाई उपहार हस्तान्तरण गरेका थिए ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved