नयाँ विमान थप्दै बुद्ध एयर

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 24, 2018 | 02:53:18 PM मा प्रकाशित

laxmi  sunrise bank

बुद्ध एयरले ७२ सिट क्षमताको थप एटिआर–७२ जहाज ल्याउने भएको छ । बुद्धले जहाज ल्याउन नेपाल नागरिक उड्डयन प्राधिकरणबाट आवश्यक अनुमति पाईसकेको जनाएको छ । नयाँ जहाजको कलसाइन 9N-AMU हुने र वातावरणीय तथा ध्वनी प्रदूषणको हिसाबले राम्रो मानिने एटीआर जहाज जस्तै रहने बताईएको छ । त्रिभुवन विमानस्थलमा राष्ट्रिय तथा अन्तराष्ट्रिय एयर ट्राफिकका कारण समयमै उडान नहुँदा यात्रुलाई पर्न गएको समस्यालाई ख्यालमा राखेर नयाँ जहाज ल्याउन लागेको हो । 

नयाँ जहाज आएपछि कम्पनीसँग ११ वटा जहाज हुनेछन् जसमा ७२ सिट क्षमताका ६ वटा एटिआर ७२–५००, ४२ सिट क्षमताका ३ वटा एटिआर ४२–३२० र १८ सिट क्षमताका २ वटा बीच क्राफ्ट १९०० डी रहेका छन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved