बजाजको नयाँ बाईक बजारमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 30, 2018 | 01:27:00 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको सर्वाधिक बिक्री हुने मोटरसाइकल ब्राण्ड बजाजको आधिकारिक विक्रता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. ले बजाज डिस्कभर 125cc को नयाँ अवतार नेपाली बजारमा ल्याएको छ । डिस्कभर 125cc, उक्त बाइकको जनकपुरको जानकी मन्दिरको प्राङ्गणमा वैशाख १५ गते गरिएको थियो । कम्पनीले जानकी मन्दिरको विकासको लागि २ लाख ५१ हजार सहयोग गरेको थियो । 

एच्एच् बजाजका कार्यकारी निर्देशक शेखर गोल्छाले नयाँ डिस्कभर 125cc मै अहिलेसम्म नभएको नयाँ LED DRL हेडल्याम्प र डिजिटल कन्सोल रहेकाले बाइकलाई पृथक लुक्स र चालकलाई सहुलियत प्रदान गर्ने बताए । आकर्षक डिजाइन, १६% लामो Suspension, नयाँ टेक्सचर भएको सीट, नयाँ आकर्षक टेल लाईट र उत्कृृष्ट DTSi इञ्जिन रहेको छ । 

नयाँ डिस्कभर 125cc को अधिकतम बजार मूल्य १ लाख ९२ हजार ९ सय (Disk) र १ लाख ८३ हजार ९ सय (Drum)  निर्धारण गरिएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved