वार्षिकोत्सवमा हातिलको अफर

निरोज कुमार थापा

निरोज कुमार थापा

May 01, 2018 | 04:01:38 PM मा प्रकाशित

laxmi  sunrise bank

बंगलादेशको चर्चित फर्निचर ब्रान्ड हातिलले नेपालमा व्यबसाय सुरु गरेको पहिलो वार्षिकोत्सवको अवसरमा विशेष अफर सार्वजनिक गरेको छ । सन् २०१७ को अप्रिल ३० मा अखिल ट्रेडिङ कन्सर्न प्रा. लि. सँगको साझेदारीमा नेपालमा हातिल ब्रान्ड फर्निचरको बिक्री सुरु भएको थियो । 

अखिल ट्रेडिङ नेपालका लागि हातिलको अधिकृत बिक्रेता हो । हातिलले नेपालमा स्लिम र स्मार्ट फर्निचरको काम गरिरहेको छ । वार्षिकोत्सव अफरमा हातिलले सबै प्रकारका फर्निचरमा २० प्रतिशतसम्म छुटको घोषणा गरेको छ । ग्राहकले बेडरुम सेट खरिदमा एउटा फेब्रिक स्ट्यान्ड सित्तैमा पाउने कम्पनीले जनाएको छ । तीन लाखभन्दा माथिको सामान खरिदमा ग्राहकले एउटा गिफ्ट भौचर पाउने छन् । काठमाडौंको त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा हातिलको सोरुम छ । यो अफर १८ वैशाखदेखि १७ जेठसम्म लागू हुनेछ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved