ह्युण्डाईको नयाँ अफर, कारधनीलाई निशुल्क विश्वकप फाइनल हेर्न रसिया लैजाने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 07, 2018 | 10:45:52 AM मा प्रकाशित

laxmi  sunrise bank

लक्ष्मी इन्टरनेशनल प्रा.लि., नेपालको लागि ह्युण्डाईको आधिकारिक डिलरले आफ्नो नयाँ योजना “रोड टु रसिया” को घोषणा गरेको छ । विश्वकै सबैभन्दा प्रख्यात र लोकप्रिय फुटबल प्रतियोगिता फिफा वल्र्ड कपलाई लक्षित गरेर ह्युण्डाईले आफ्ना ह्युण्डाई ओनरहरुको लागि यो योजना सुरु गरकोे हो । ह्युण्डाई कार भएकाहरुले ह्युण्डाई नेपालको आधिकारिक वेभसाइडमा उपलब्ध अनलाइन दर्ता फारम भरेर यो योजनामा सहभागी हुन सक्नेछन्  ।

यस योजना अन्तगर्त दुई जना भाग्यशाली ह्युण्डाई ओनरले रसिया जाने सम्पूर्ण भ्रमण प्याकेजको साथ फिफा वल्र्ड कप २०१८ को फाइनल म्याचको टिकेट जित्ने मौका हात पार्नेछन् । यस योजनामा अनलाइन दर्ता समावेश छ र दर्ता यही वैशाख २४ गतेदेखि सुरु भएर असार १ गते समाप्त हुनेछ ।

अन्तर्राष्ट्रिय फुटबलका फ्यानहरुलाई ह्युण्डाईको यस योजनाले विश्वकै सबैभन्दा रोमाञ्चक र प्रख्यात म्याच, २०१८ फिफा वल्र्ड कप रसियाको फाइनलको प्रत्यक्षदर्शी बन्ने मौका प्रदान गर्ने कम्पनीले जनाएको छ । विजेतालाई सम्पूर्ण खर्च व्यहोरिएको विशेष भ्रमण प्याकेजको साथ जीवनमै एक पटक अनुभव गर्नसकिने विशिष्ट अनुभूति हासिल गर्ने कम्पनीको दाबी छ  । २०१८ को यो फिफा वल्र्ड कप २१औं फिफा वल्र्ड कप हो, जुन प्रत्येक ४ वर्षमा एक पटक मात्र हुन्छ । महिनौंसम्म चल्ने यो प्रतियोगिता विश्वकै सबैभन्दा ठूलो खेलकुद इभेन्ट हो । 

फुटबलका फ्यानहरुलाई अद्भुत र रोमाञ्चक अनुभव प्रदान गर्दै ह्युण्डाई विश्व फुटबललाई साथ दिन र विकास गर्नको लागि प्रतिबद्ध रहेको जनाएको छ ।  ह्युण्डाईले फिफासँगको आफ्नो आवद्धता सन् १९९९ देखि सुरु गरेको थियो र सन् २०२२ सम्म पनि ह्युण्डाई फिफाको आधिकारिक अटोमोटिभ पार्टनरको मुख्य प्रायोजक हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved