बालाजुको 'ओल्ड स्कुटी रेस्ट्रो': बाहिर झुण्डिएको स्कुटी, भित्र स्कुटी मै खाना सर्भ

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 09, 2018 | 08:26:40 AM मा प्रकाशित

laxmi  sunrise bank

करिब ३ बर्ष अघि कलंकीमा एउटा घरको छतमा बस राखेर त्यस भित्र रेस्टुरेन्ट संचालनमा आएको थियो । अर्थात ग्राहकले घरको छतमा पुगी बस भित्र बसेर खाना खान सक्थे। अहिले काठमाडौँ कै बालाजु बाईपासमा त्यस्तै प्रकारको रेस्टुरेन्ट संचालनमा आएको छ। यसमा बस त प्रयोग गरिएको छैन तर पुरानो स्कुटर प्रयोग गरिएको छ  

युवा व्यवसायी सरोज रिमालले ओल्ड स्कुटी रेस्ट्रो नामक रेस्टुरेन्ट संचालनमा ल्याएका हुन्। यहाँ ग्राहकले स्कुटीमा बसेर विभिन्न प्रकारका खाजा तथा खानाको स्वाद लिन सक्छन । रिमालले रेस्टुरेन्टको बोर्ड मै पुरानो स्कुटी झुन्ड्याएर राखेका छन्। त्यस्तै रेस्टुरेन्टमा प्रवेश गरेपछि अर्को स्कुटी राखिएको छ, जहाँ बसेर खाना सकिन्छ । तर रेस्टुरेन्टमा जाने सबैले स्कुटीमा बसेर खाना खान पाउने भन्ने होइन । 


यस अघि रिमाल कपडा व्यवसायमा थिए । उनले बिग्रिएर प्रयोग गर्न नमिल्ने जहाजलाई म्युजीएम बनाईएको देखे । त्यसपछि उनलाई पुरानो स्कुटीलाई प्रयोग गरेर रेस्टुरेन्ट खोल्ने सोच आयो । झन्डै ४० लाखको लगानीमा उनले रेस्टुरेन्ट खोले । उनको योजना थियो कम्तिमा ५ देखि ७ वटा स्कुटी राख्ने । रेस्टुरेन्टभित्र पर्याप्त स्थान अभावका कारण उनको त्यो सोच भने पुरा हुन् सकेन । तर उनले राजधानीमा खुलेका रेस्टुरेन्टभन्दा पृथक सोचमा रेस्टुरेन्ट संचालनमा ल्याए । अझै रेस्टुरेन्टभित्र १ वा २ स्कुटी राख्ने उनको योजना छ । 

रेस्टुरेन्टमा बिशेषगरी युवा पुस्ताको आकर्षण रहेको रिमाल बताउछन् । संचालक रिमाल भन्छन् ‘सकारात्मक सोचका साथ जुनसुकै काम गर्नुस् तपाई अवश्य सफल हुनुहुन्छ ।' त्यहि भनाईलाई आत्मसाथ गर्दै उनले अरुले गरिरहेकै काम भिन्न तरिकाले गरेका हुन्।  रेस्टुरेन्टको २ दिन अघि मात्र रिमा विश्वकर्मा र नायक एवं मोडल अनिल थापाले उद्घाटन गरेका हुन् । रेस्टुरेन्टले तत्काल आधा दर्जनलाई रोजगारी समेत दिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved