रेनो क्याप्चर नेपाली बजारमा आउँदै, प्रि बुकिङ्ग खुल्ला

निरोज कुमार थापा

निरोज कुमार थापा

May 09, 2018 | 12:28:16 PM मा प्रकाशित

laxmi  sunrise bank

बिशाल ग्रुप अन्र्तगतको एड्भान्स अटोमोवाइल प्रा. लि.ले रेनोको एसयुभी क्याप्चरको नेपालमा प्रि बुकिङ्ग खुल्ला गरेको छ । आर्कष डिजाइन सहितको रेनो क्याप्चर यो सेग्मेन्टमा गेम चेन्जरको रुपमा रहेको कम्पनीले जनाएको छ । 

रेनो क्याप्चरमा एलइडी हेड्ल्याम्प, टेललाईट र डिएलआर लाईट लगाइएको छ । अन्य फिचरमा फुल्ली अटोमेटिक टेम्पेचर मेन्टेन विथ रियल कुलिङ भेन्ट, स्टेरिङ ह्वील कन्ट्रोल, कि लेस एन्ट्री, पुस बटन र अटो क्लाईमेट जस्ता फिर्चस छन् ।  रेनो क्याप्चरमा  दुई इन्जिनमा उपलब्ध हुने छ । यसमा १.५ लिटर द लिजेन्ड्री के ९ के डिजेल इन्जिन दिइएको छ । यसले ११० पीएस पावरमा २४० एनएम टर्क प्रदान गर्ने छ । एच४के १.५ लिटर पेट्रोल इन्जिनले १०५ बीएचपी बराबर पावर र १४२ एनएम टर्क उत्पादन गर्छ ।

रेनो क्याप्चर पूर्ण सुरक्षाको फिचर सहित आउने छ । भने यसको पर्फमेन्स अकल्पनिय हुने छ । सुरक्षाको लागि कुनै किसिमको सम्झौता गरिएको छैन । जसमा स्टेट अफ आर्ट टेक्नोलोजि अन्र्तगतको क्रुज कन्ट्रोल, स्पिड मिटर र सटेरिङ ह्वाइल कनट्रोल दिइउको छ । यसको अलावा डियुल एयर व्याग र एबीएस, इबिडी, ब्रेक एसिस्टेनस्जस्ता सुरक्षा फिचर रहेका छन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved