नेपालमै पहिलो पटक ‘मोबाइल एस्यूरेन्स’ सेवा सार्वजनिक, निशुल्क डिस्प्ले फेर्न पाईने

निरोज कुमार थापा

निरोज कुमार थापा

May 31, 2018 | 05:44:14 PM मा प्रकाशित

laxmi  sunrise bank

न्यूरोडस्थित ताम्राकार कम्प्लेक्सको पाँचौं तल्लामा रहेको ईजी मोबाइल केयर प्रा.लि. ले मोबाइलको स्क्रीनको एस्यूरेन्स सेवा सार्वजनिक गरेको छ । ईजी सर्भिसले एसुरेन्स सेवा अन्तरगत नेपालमा नै पहिलो पटक स्मार्टफोनहरुको डिस्प्ले÷स्क्रीन फुटे बापत फुटेको डिस्प्ले निशुल्क फेरिदिने योजना सार्वजनिक गरेको हो ।

यस योजनामा ग्राहकहरुले कुनैपनि ब्राण्डको मोबाइलको डिस्प्लेको एसुरेन्स सेवा ईजी सर्भिस र ईजी सर्भिसको आधिकारिक सेवा प्रदायकबाट गराउन सक्नेछन् । यस्तो सेवा नयाँ मोबाइल किनेको एक महिना भित्र सुचारु गरिसक्नुपर्नेछ साथै कम्पनीले आगामी दिनहरुमा पूराना मोबाइल फोनहरुमा पनि यो योजना ल्याउने तयारी गरेको छ । यो सेवा लिईसकेपछि ग्राहकहरुको फोनको डिस्प्ले फुटेमा (मोबाइल डिस्प्ले ब्रेकेज) एक पटकका लागि कम्पनीले निशुल्करुपमा फेरिदिने छ । सेवा लिएको १ वर्षभित्र ग्राहकहरुको मोबाइल फोनको डिस्प्ले फुटेमा कम्पनीले निशुल्करुपमा फेरिदिनेछ ।

ईजी मोबाइल केयर प्रा।लि।का अध्यक्ष संजित पौडेलले ग्राहकहरुले महंगो स्मार्टफोन खरिद गरेपनि त्यसको डिस्प्ले दूर्घटनाबस फुट्ने समस्याहरु निकै भोगिरहेको हुँदा त्यसलाई समाधान गर्न नेपालमा नै पहिलो पटक यो योजना ल्याएको बताए । 

‘हामीकहाँ स्मार्टफोन मर्मत गर्न आउने अधिकांश मोबाइल फोन प्रयोगकर्ताहरुले डिस्प्ले फुटेको समस्या हुने गरेको छ, डिस्प्ले फेर्न निकै महंगो खर्च तिर्नुपर्ने हुन्छ, एस्यूरेन्स सेवा लिने ग्राहकहरुको मोबाइल डिस्प्ले निशुल्क फेरिदिनेछौं,’ अध्यक्ष पौडेलले भने ।

कम्पनीले आगामी दिनमा पानीमा परेर मोबाइल बिग्रने समस्या तथा हराएको वा चोरी भएका मोबाइल फोनहरुको लागि समेत एस्यूरेन्स योजना ल्याउने तयारी गरेको छ । कम्पनीले १ रुपैयाँ तिरेपछि मासिक किस्ताबन्दीमा स्मार्टफोनहरु उपलब्ध गराउँदै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved