ठमेलमा होटल नेपाली घर सञ्चालनमा

निरोज कुमार थापा

निरोज कुमार थापा

May 31, 2018 | 05:58:09 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौंको प्रमुख पर्यटकीय केन्द्र ठमेलमा विशिष्ट विशेषता सहितको होटल बुधबारबाट औपचारिक सञ्चालनमा आएको छ । ‘नेपाली घर होटल’ को उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रबिन्द्र अधिकारीले गरेका हुन् । 

करिब ४ बर्ष लगाएर ५ तल्ले पर्यटक स्तरिय होटल निमार्ण भएको हो । यस होटललाई नेपालीकला र संस्कृतिको पहिचान सहित अघि बढाउने उद्देश्य रहेको होटलका प्रबन्ध निर्देशक राजु श्रेष्ठले बताए । यस होटलको बाहिरी बनावट परम्परागत नेपाली शैलीमा र भित्री बनावट प्यागोडा शैलीमा तयार गरिएको छ । स्थानीय शिल्पीहरुले विशुद्ध नेपाली शैलीमा आर्कषक सजावट गरिएको छ । होटलमा नेपाली बजार प्रर्बद्धन गर्ने उदेश्यले ग्रामिण भेगका महिलाहरुले तयार गरेका हस्तकलाका सामानहरु प्रयोग गरिएको छ । 

होटलमा ३४ वटा रुम र दुईवटा सुइट रुम छन् । जसमा हेरिटेज डिलक्स रुम २३, हेरिटेज डिलक्स कर्नर ६, हेरिटेज ग्रान्ड डिलक्स ३ र मानगृह र कैलाशकुट सुइट १–१ वटा छन् । होटलका रुममा ४० इन्चको एलइडी टेलिभिजन, विद्युतीय सेफ, मिनी बार, पिउने पानीका बोटल, कफी–टी मेकर, कुकिज, हाइ स्पिड इन्टरनेट, इन्डिभिडुअल क्लाइमेट कन्ट्रोल, कटन रिच लिनेन जस्ता सुविधा उपलब्ध छन् । त्यसैगरी, सहयोगीका लागि निःशुल्क पार्किङ, एयरपोर्ट ट्रान्सफर, विदेशी विनिमय लगायतका सुविधा पनि रहेको होटलले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved