सिजीले ल्यायो 'एक्स्ट्रा टाईमको गोल मै छ मज्जा' योजना, टिभी खरिद गर्दा ३० प्रतिशतसम्म छुट

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 06, 2018 | 01:00:33 PM मा प्रकाशित

laxmi  sunrise bank

सि.जी.इलेक्ट्रोनिक्सले आउँदो विश्वकप प्रतियोगितालाई मध्य नजर गरि आफ्ना विभिन्न एल.ई.डी. टि.भी.हरुमा 'एक्स्ट्रा टाईमको गोल मै छ मज्जा' नामक योजना ल्याएको छ  । 

आज देखि सिमित अवधिका लागि नेपालभरी लागू गरिएको उक्त योजनाहरुमा ग्राहकले सि.जी.का २० इन्च देखि ४३ इन्च सम्मको कुनैपनि नर्मल तथा स्मार्ट टि.भी.हरु खरिद गरे पश्च्यात एक्स्ट्रा ३०% सम्मको नगद छुट र नेपालमै पहिलो पटक लागू गरिएको एक्स्ट्रा ३ वर्षको वारेण्टी प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। त्यसैगरि सो भन्दा माथिको टि.भी.हरुमा सि.जी.कै मल्टीमिडिया स्पिकर र ३ वर्ष वारेण्टी प्राप्त गर्न सकिने छ ।

यसको अलावा सि.जी.का टि.भीहरु खरिद गर्नेमध्ये बाट प्रप्तेक हप्ता भाग्यसाली एक जनाले सि.जी.कै अर्को एल.ई.डी. टि.भी. पाउने छन् । साथ साथै सि.जी.को अर्को अफिसिएल फेसबुक पेजको कन्टेस्टमा भाग लिई ग्राहकले दैनिक आकर्षक उपहारहरु प्राप्त गर्न सकने सिजीले जनाएको छ ।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved