एलजीको स्मार्ट टिभीमा अब सित्तैमा नेट टिभीएप, सेटअप बक्स र तार बिनै लाइभ च्यानल

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 07, 2018 | 01:56:22 PM मा प्रकाशित

laxmi  sunrise bank

एलजीले आफ्नो स्मार्ट टिभीको लागि नेट टिभी एप प्रस्तुत गरेको छ । यस संगै ग्राहकले बिना सेट अप बक्स र बिना तार १२० भन्दा बढी च्यानलहरु प्रत्यक्ष हेर्न सक्ने छन् 

 

यो एप एनआईटिभी स्ट्रिम्ज प्राइभेट लिमिटेडले एलजीसंगको सहकार्यमा विकास गरेको हो अहिलेसम्म नेट टिभी एप मोबाइल फोनमा मात्र उपलब्ध हुदै आएको अब ग्राहकले यसको मज्जा टिभीमा पनि लिन सक्ने भएका हुन् यसको लागि एलजी कन्टेन्ट स्टोरमा गएर एप डाउनलोड गर्नु पर्ने छ । यो एप इन्स्टल गरेपछि सम्पूर्ण च्यानलहरु एसडि र एचडि क्वालिटीमा हेर्न सकिने एलजीले जनाएको छ। 

 

यस एपको सुरुवाती अफरको रुपमा ग्राहकले निशुल्क सबै च्यानलहरु हेर्न सक्ने छन्  साथै एलजी स्मार्ट टिभीका ग्राहकले अब चाडै नै नयाँ रिलिज भएको चलचित्र भिडियो अन डिमाण्डकि न्यूनतम मूल्यमा हेर्न सक्ने छन्  यो फिचर विकास गर्ने काम भईरहेको कम्पनीले जनाएको छ। नेपालका लागि एलजी ब्राण्डको आधिकारिक बिक्रेता सिजी इलेक्ट्रोनिक्सले यस एपको माध्यमबाट ग्राहकले आर्थिक फाइदाको साथ साथै तार र सेट अप बक्सको झन्झटबाट मुक्ति पाउने बताएको छ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved