विश्वका सबैभन्दा मूल्यवान ब्रान्डहरूको सूचिमा चिनिया ब्राण्ड, तेस्रो स्थानमा फेसबुक

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 08, 2018 | 05:49:18 PM मा प्रकाशित

laxmi  sunrise bank

अन्तर्राष्ट्रिय पत्रिका फोर्ब्सले हरेक बर्ष प्रकाशित गर्ने ‘विश्वका सबैभन्दा मूल्यवान ब्रान्डहरूको सूचि’मा यसपटक पनि हुवावे परेको छ। हुवावे यो सुचिमा पर्ने एक मात्र चिनिया ब्राण्ड हो। 

सन् २०१७ मा पहिलोपटक फोर्ब्सको सूचिमा पर्न सफल हुवावेले यस बर्ष पनि आफ्नो स्थान सुरक्षित गरेको छ । ८.४ बिलियन अमेरिकी डलर ब्रान्ड मूल्य भएको हुवावे फोर्ब्सको सूचिमा ७९ औं स्थानमा छ ।

गत साल ७.३ अमेरिकी डलर ब्रान्ड मूल्यसहित हुवावे फोब्र्सको सूचिमा ८८ औं स्थानमा थियो । एक बर्षमै हुवावेको ब्रान्ड मूल्यमा १५ प्रतिशत वृद्धि भएको छ र फोब्र्सको सूचिमा नौ स्थान माथि उक्लिन सफल भएको छ ।

विगत आठ बर्षमा झैं यस बर्ष पनि एप्पल सूचिको पहिलो स्थानमा रहन सफल भएको छ । त्यसपछिका चार स्थानमा क्रमशः गूगल, माइक्रोसफ्ट,  फेसबुक र एमेजोन  छन्। सूचिमा समावेश १०० कम्पनीहरू विभिन्न १६ देशका छन् । तीमध्ये सबैभन्दा बढी ५४ कम्पनी अमेरिकामा छन् । दोस्रोमा १२ कम्पनी सहित जर्मनी दोस्रोमा छ। जापान र फ्रान्सका ७–७ वटा कम्पनी छन् । चीनबाट अझैं पनि हुवावे बाहेक अर्को ब्रान्ड सूचिमा छैन ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved