किंग्स लाउञ्जले विश्वकपको उद्घाटनमा खेलाडी र दर्शकलाई सम्मान गर्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 13, 2018 | 01:44:01 PM मा प्रकाशित

laxmi  sunrise bank

दरबारमार्गमा  रहेको अत्याधुनिक फेमिली रेष्टुरेण्ट किंग्स लाउञ्जले विश्वकप फुटबलको उद्घाटन शत्रमा खेलाडीहरुलाई सम्मान गर्ने भएको छ । फुटबलको कुम्भ मेला विश्वकप २०१८ रंगशालामा प्रत्यक्ष हेरे जस्तै अनुभव दिँदै लाउञ्जले विभिन्न विधाका राष्ट्रिय खेलाडीहरुलाई एक साथ सम्मान गर्ने भएको हो । लाउञ्जका अध्यक्ष रामचन्द्र श्रेष्ठका अनुसार जेठ ३१ गते विश्वकपको औपचारिक कार्यक्रम सुरु हुँदै गर्दा राष्ट्रिय फुटबल टीमका साथै क्रिकेट, तेक्वान्दो लगायत विभिन्न विधाका खेलाडीहरुलाई एकै पटक सम्मान गरिनेछ । यसै गरी लाउञ्जमा फुटबल हेर्ने दर्शक मध्येका एक जनालाई राष्ट्रिय फुटबल टीमका कप्तानबाट उपहार सहित सम्मान गर्ने कार्यक्रम रहेको लाउञ्जका सञ्चालक संगम राईले बताए । 

फुटबलको कुम्भ मेला सुरु हुँदै गर्दा लाउञ्जमा एड्रििन प्रधानले विशेष सांगितिक प्रस्तुती दिने छन् । लाउञ्जले संगीतमा अधिक रुची भएका खेलप्रेमीहरुलाई लक्षित गर्दै २० वाई ११ फिटको एचडी स्क्रिीनमा विश्वकप फुटलका खेलहरु प्रदर्शन गर्नेछ । लाउञ्जमा विश्वकप अवधिभरी खेलाडी, कलाकार, आम दर्शक, संगीतप्रमी तथा खानाका पारखीहरुको विशेष जमघट हुने र उक्त अवसरमा लाउञ्जले सेवाग्राहीहरुलाई उत्कृष्ट किसिमको सेवा प्रदान गर्ने लाउञ्जका सञ्चालक कुमार गुरुङले जानकारी दिए । 

चाईनिज, थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल खानाका हरेक दिन फरक फरक स्वाद लिन पाइने लाउञ्जमा हाईजेनिक खानाका परिकार मात्रै नभई हरेक दिन फरक फरक लाईभ कन्सर्ट आयोजना हुने छन् । 

बिहान ११ बजेदेखि राति साढे १२ बजेसम्म संचालनमा आउने रेष्टुरेन्टमा बिहान एघार बजेदेखि साँझ ६ बजेसम्म सेमिनार, गोष्ठि, इभेन्ट तथा पार्टीहरु संचालन हुने राईले बताए । टेरेस कर्नरका साथै पर्सनल बार सहितको भिआईपी हल लाउञ्जको विशेषता हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved