सगुनको शेयरमा लगानी गर्ने समयसीमा थपियो, साउन १० पछि अहिलेकै मुल्यमा नआउने (भिडियो)

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 16, 2018 | 07:49:21 PM मा प्रकाशित

laxmi  sunrise bank

सोसल कमर्श साइट सगुनले अमेरिकन सेक्युरिटी एक्सचेन्जको स्वीकृतिमा शेयरमा लगानीको समयसिमा थप गरेको छ। जुन १५ अर्थात असार १ सम्म तोकिएको लगानीको समय सिमा जुलाई २६ अर्थात साउन १० गतेसम्म रहने सगुनले जनाएको छ। 

सगुनका संस्थापक गोविन्द गिरीले एक नोट जारी गर्दै अमेरिकन सेक्युरिटी एक्सचेन्जले तोकेको अन्तिम समयसीमा जुलाई २६ सम्म नै बिश्वभरबाट लगानी गर्न सकिने जानकारी दिएका हुन्। 

विश्वभरबाट लगानी गरि शेयरको स्वामित्व लिनेहरुको संख्या बढेकाले लगानीको समयसिमा थप गरिएको गिरिको भनाई छ। 'सगुनलाई बिश्वभरबाट बिश्वास गरेर सयौको संख्यामा साथ र सहयोग प्राप्त भैरहेको छ, सेयरमा लगानी गरी स्वामित्व लिनेहरु पनि बढिरहेका छन्' गिरिले भने। 

सगुनका अनुसार बिश्वभरबाट हिन्दुस्तान टाइम्स सहित ३ हजार ५०० भन्दा बढी लगानीकर्ताले यो चरणको सगुनको सेयरमा ५४ करोड ४२ लाख रुपैयाँ भन्दा बढी लगानी गरिसकेका छन। सयमसीमा सकिन ४० दिन बाँकी रहंदा नयाँ लगानीकर्ता थपिने क्रम बढिरहेको छ। अहिलेसम्म ७ हजार भन्दाले लगानीको प्रतिबद्दता गरेका छन।       

सगुनमा विश्वभर छरिएर रहेका नेपाली र भारतीय समुदायको बिशेष आकर्षण रहेको कम्पनीको भनाई छ। सगुनले भारतको नयाँ दिल्लीमा २०१८ को जनवरीमा एन्ड्रोइट एप सार्वजनिक गरेपछी सगुन प्रतिको बिश्वास अझ बढेको कम्पनीले संस्थापक गिरिको भनाई छ। 

'हामीले नयाँ दिल्लीमा जनवरी २०१८ मा सगुनको एन्ड्रोइड एपको सुरुवात गरेको दिनदेखि हाम्रो ‘सुनौलो दिन’ सुरु भएको छ' गिरीले भने। केही समय अघि भारतीय चर्चित अभिनेत्री मन्दीरा वेदीले समेत सगुनमा लगानी गरेको भिडियो सार्वजनिक भए पछि बलिउडमा समेत यसको चर्चा चुलिएको थियो

भारतबाट सगुनको एन्ड्रोइट एप सार्वजनिक भएपछि नेपाल र भारतमा सगुनको प्रयोगकर्ताको संख्यामा उल्लेख्य वृद्धि भएको सगुनले जनाएको छ। सगुनका अनुसार हाल सगुनका २५ लाखभन्दा बढी प्रयोगकर्ताहरु छन र यो संख्या वृद्धि गर्न सगुनले काम गरिरहेको छ।    

आगामी योजना सुनाउदै सगुनका संस्थापक गिरिले भने, 'यस वर्षभरि हामी सगुनको सेवालाई लाखौं प्रयोगकर्ताहरुको क्रियाकलापलाई धान्न सक्ने बनाउने तथा हाम्रा व्यवसायिक साझेदारहरुलाई उनीहरुको व्यवसायलाई सगुनमा चलाउन मिल्ने गरी एकीकृत गर्न केन्द्रित हुनेछौं।'प्रयोगकर्ताहरुको दैनिक जीवनमा सुधार गर्नको लागि आवश्यक पर्ने सेवा तथा प्रविधिको विकास गर्न ठूलो स्तरमा लाग्ने प्रतिवद्धता गिरीले व्यक्त गरेका छन।

नेपाली र भारतीयहरुको सहकार्यमा नयाँ सामाजिक सञ्जाल बनाएर दक्षिण एसियाबाट बिश्वको ध्यान खिच्ने लक्ष्य रहेको गिरीले बताएका छन् ।हाल सगुनले अमेरिका, भारत र नेपालमा कार्यालय राखेर सोसल कमर्स साइड सगुनको निर्माण तथा प्रचार प्रसार गरिरहेको छ।

सगुनमा लगानी गर्न चाहनेले सगुनको लगानी पेज www.sagoon.com/invest मा गएर त्यहा भएको लगानी सम्बन्धी फाराम भरेपछि प्राप्त मेलको आधारमा आफ्नो खाता भएको बैंकबाट वायर गरेर जुलाइ २६ सम्म लगानी गर्न सकिने सगुनले जनाएको छ ।

केहि देशबाट डेबिट र क्रेडिट कार्ड मार्फत समेत लगानी गर्न सकिने छ। नेपालको कानुनले नेपालभित्रबाट लगानी गर्न रोके पनि बिदेशमा रहेका  नेपालीहरुले भने सम्वन्धित देशमा बैंक खाता भएमा लगानी गर्न सक्ने कम्पनीले जनाएको छ। लगानी सम्बन्धी सम्पूर्ण जानकारी सगुनको इन्भेष्ट पेजमा भएको चौबिसै घण्टा जवाफ दिने लाइभ च्याटबाट समेत पाउन सकिने बताइएको छ।

सगुनको शेयरमा अहिले प्रति कित्ता २३ अमेरिकी डलरमा लगानी गर्न सकिने भएपनि साउन १० अर्थात जुलाई २६ बाट भने त्यस्तो अवसर उपलब्ध नहुने गिरिले स्पष्ट पारेका छन।   

अहिले लगानीको लागि प्रदान गरेको शेयर प्रति कित्ता २३ अमेरिकी डलरमा   शेयरको अवसर भने साउन जुलाई २६ अर्थात १०, २०७५ बाट उपलब्ध नहुने गिरीले प्रष्ट पारेका छन्। लगानीका लागि अन्तिम अवसरलाई सदुपयोग गर्न समेत गिरीले सबैलाई आह्नान गरेका छन् ।

अहिले २३ डलर प्रति शेयरका दरले कम्तिमा १ हजार डलर लगानी गर्नुपर्ने हुन्छ।  बढीमा आफ्नो आम्दानीको १० प्रतिशतसम्म लगानी गर्न सक्ने कानुनी ब्यवस्था छ।

सगुनका फाउन्डर गोबिन्द्र गिरीले सगुनको निष्काशित सेयर र सगुनको आगामी दिनको योजनाको बारेमा दिएको अन्तर्वाता:


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved