डीस होमले कतिमा किन्यो सिम टिभी ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 16, 2018 | 03:06:39 PM मा प्रकाशित

laxmi  sunrise bank

डीस होमले प्रभू समूहको लगानी रहेको मल्टी सर्भिस अपरेटरका रुपमा काम गरिरहेको ‘सिम टिभी’ खरिद गरेको छ। डीस होम र सिम टिभीको संचालक समितिको संयुक्त वैठकले सोमबार मात्रै यस सम्बन्धि सम्झौता सम्पन्न गरेको छ।

सम्झौता अनुसार सिम टिभीको व्यवस्थापनको सम्पूर्ण जिम्मा डिश मिडिया नेटवर्कले लिनेछ। खरिद सम्झौता अन्तर्गतको शेयर खरिद निकट भविष्यमै सम्पन्न हुने जनाइएको छ। डीस होम र सिम टिभीबीच १ अर्ब २५ करोडमा सम्झौता भएको बिजपाटीलाई जानकारी प्राप्त भएको छ। 

सन् २००९ मा स्थापना भएको डिश मिडिया नेटवर्क नेपालको पे टिभी उद्योगमा काम गरिरहेको सबै भन्दा सफल र ठुलो कम्पनी हो। यो कम्पनी  असार १८, २०७४ बाट पब्लिक कम्पनीको रुपमा रुपान्तरण भइ सकेको छ र निकट भविष्यमा सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ) समेत निष्काशन गर्ने तयारीमा छ। 

केहि समय अगाडी मात्र डिस होम मिडियामा नयाँ संचालक समितिको आगमन भएको थियो । कम्पनीको असार २१ मा बसेको बैठकले देवी प्रकाश भट्टचनले अध्यक्ष तथा संचालक पदबाट दिएको राजिनामा स्वीकृत गरी हेमराज ढकाललाई संचालक समितिको अध्यक्षमा नियुक्त गरेको थियो। 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved