टम्बो ब्राण्डका मोबाइल नेपालमा, २०० दिनसम्मको रिप्लेसमेन्ट र १ बर्षको स्क्रीन रिप्लेसमेन्ट वारेन्टी

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 06, 2018 | 07:19:02 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली बजारमा नयाँ मोबाइल ब्राण्ड टम्बो मोबाइल प्रवेश गरेको छ । भारतीय मोबाइल ब्राण्ड टम्बो मोबाइल नेपाली बजारमा आएको हो । टम्बो मोबाइलले सन् २०१८ को अप्रिलदेखि भारतमा विभिन्न फोनहरु सार्वजनिक गरेको थियो, यी मोबाइल फोनहरु अब नेपाली बजारमा पनि उपलब्ध भएको हो ।

टम्बो मोबाइल नेपाली बजारमा शंकराचार्य मोबाइल प्रालिले आधिकारिकरुपमा आयात तथा बिक्री गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा सिमित मोडलका स्मार्टफोन र फीचर फोनहरु बजारमा ल्याउने जनाएको छ ।

कम्पनीले हाल ६ मोडलका बार फोनहरु र २ मोडलका स्मार्टफोनहरु ल्याउने छ । स्मार्टफोनमा टिए २ र टिए ३ नामका दुई फोन सार्वजनिक गर्नेतयारी गरेको छ, जून सस्तो मुल्यमा आउनेछ । टम्बो ब्राण्डका फीचर फोनहरु १ हजार रुपैयाँ माथिबाट बजारमा उपलब्ध हुनेछ । टम्बो मोबाइलको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको सबै मोडलका फोनहरुमा २०० दिनसम्मको रिप्लेसमेन्ट वारेन्टि र ३६५ दिनको स्क्रीन रिप्लेसमेन्ट दिने कम्पनीले जानकारी दिएको छ ।

‘नेपालमा टम्बो मोबाइलका फोनहरु ल्याउन पाउँदा हामी अत्यन्त हर्षित भएका छौं, नेपाली उपभोक्ताहरुले सस्तो मूल्यमा गुणस्तरीय फोनहरु खरिद गर्न पाउनेछन् । हामीले हाम्रा ग्राहकहरुलाई २०० दिनसम्मको रिप्लेसमेन्ट वारेन्टि र ३६५ दिनको स्क्रीन रिप्लेसमेन्ट दिईका छौं र यस्तो अफर अन्य कुनैपनि ब्राण्डमा उपलब्ध छैन् । आगामी दिनमा पनि हामी ग्राहकहरुको रुचीअनुसारका टम्बो ब्राण्डका फोनहरु नेपालमा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दछौं,’ टम्बो मोबाइल्सका प्रमुख कार्यकारी अधिकृत सुधिर कुमारले भने ।

टम्बो मोबाइलका नेपालमा उपलब्ध हुने सबै स्मार्टफोनहरुमा प्रिमियम स्मार्टफोनहरुमा हुने फेस रिकोग्निसन, फिंगरप्रिन्ट सेन्सरलगायतका फीचरहरु राखिएका छन् । यी फोनहरुमा फोरजी भिओएलटिई सपोर्ट छ भने वाईफाई, ब्लूटूथ, जीपीएस, हेडफोन ज्याकलगायतका फीचर छन् । टम्बो मोबाइल फोनहरु आजैदेखि नेपालभरका रिटेलर तथा च्यानल पार्टनरहरुबाट खरिद गर्न सकिनेछ ।

टम्बो सन् २०१७ मा स्थापना भएको भारतीय कम्पनी अगस्टन मोबाइलले चिनियाँ ओईएम कम्पनीसँगको जोइन्ट भेन्चरमा ल्याएको मोबाइल ब्राण्ड हो ।कम्पनीले भारतमा रहेको ग्रेटर नोइडाको फ्याक्ट्रिबाट यो ब्राण्डका मोबाइल फोन उत्पादन गर्ने गर्दछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved