युवा पुस्तालाई लक्षित बजाज पल्सर १५० ट्वीन डिस्क नेपाली बजारमा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 12, 2018 | 11:06:46 PM मा प्रकाशित

laxmi  sunrise bank

बजाज मोटरसाइकलको लागि आधिकारीक बिक्रेता एचएच बजाजले अल न्यू बजाज पल्सर १५० ट्वीन डिस्कलाई नेपाली बजारमा बिक्री वितरण सुरु गरेको छ। युवा पुस्तालाई लक्षित गरि ल्याइएको यस मोटरबाईकमा थुप्रै परिवर्तन गरिएको कम्पनीले जनाएको छ। 

यसमा २ वटा डिस्क ब्रेक, सार्प डिजाइन र बिभिन्न तीन कलर भेरिएन्ट रहेको छ। बाईकको डिस्कलाई तीन कलर भेरिएन्टमा ल्याईएको छ । जसमा कालो निलो, कालो रातो तथा ब्ल्याक क्रोम हुन् । यस बाइकमा १७ इञ्च एलोय ह्वीलमा मेट ब्ल्याक दिइएको छ ।

बाइकमा स्प्लीट सिट राखिएको छ भने स्प्लीट ग्रेव रेल, आल्मुनियम फिनिस पूलटपेज राखिएको छ । स्वीङआर्म पहिलेको भन्दा थोरै मोटो दिइएको छ भने यसको ह्वील बेस समेत बढाइएको छ । यसमा दिइएको पछाडिको टायर मोटो रहेको छ । १२९ एमएमको रियर टायर दिइएको छ । बाइकमा मस्कुलर लूक दिइएको छ ।

बाईजमा १४९.५ सीसी सिंगल सिलिन्डर डिटिएसआई इञ्जिन दिइएको छ भने दुईवटा भल्भ जडान गरिएको छ। यसमा लगाइएको ट्वीन स्पार्क मोटरले ८००० आरपीएममा १४ बीएचपी पावर र ६००० आरपीएममा १३.४ एनएम टर्क उत्पादन गर्छ । यसमा १५ लिटर पेट्रोल अट्ने ट्याङ्की दिइएको छ । ५ गिएरमा उपलब्ध रहेको छ ।

बाईकमा अप्टिमाईजेशनका साथ नोइज, भाइव्रेशन र हार्सनेश लेभलमा पनि सुधार गरिएको छ । नेपाली बजारमा यस बाईको मूल्य दुई लाख ५५ हजार ९०० रुपैयाँ तोकिएको छ ।  

प्रडक्टको डिजाइन, क्वालीटी र उत्कृष्ट इन्जिन टेक्नोलोजिले गर्दा बजाजका मोटरसाइकल धेरैको प्रथम रोजाईमा परेको हंशराज हुलासचन्द एन्ड कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले बताए। पल्सर परिवारमा नयाँ थपिएको मोडलको यो सेग्मेन्ट अत्यन्त नयाँ उत्पादन भएको उनको भनाई छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved