ईजी मोबाइल केयरले जुनसुकै ब्राण्डको मोबाइल फोनहरु सामसंगको स्मार्टफोनसँग साटीदिने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 21, 2018 | 08:43:05 PM मा प्रकाशित

laxmi  sunrise bank

न्यूरोड, ताम्राकार कम्प्लेक्सको पाँचौं तल्लामा रहेको ईजी मोबाइल केयरले जुनसुकै ब्राण्डको मोबाइल फोनहरु सामसंगको स्मार्टफोनसँग साट्ने एक्सचेन्ज अफर सार्वजनिक गरेको छ । कम्पनीले जुनसुकै फोन जस्तो अवस्थामा ल्याएमा पनि न्यूनतम मूल्य १,००० बाट शुरु हुने गरि मूल्यांकन गर्ने भएको हो ।

त्यस्तै एक्सचेन्जमा किनेको फोनमा कम्पनीले थप १ वर्षको वारेन्टी समेत उपलब्ध गराउनेछ भने कम्पनीबाट खरिद गरिएको फोन बिग्रीएमा घरबाटै पिकअप एण्ड ड्रपका साथै मर्मतको सुविधा दिने कम्पनीले जनाएको छ । यसको साथसाथै कम्पनीले ग्लोबल बैंक, मेगा बैंक, सेन्चुरी बैंक, कुमारी बैंक, नबिल बैंक, एनआईसी एसिया बैंक, प्रभु बैंकसँग सहकार्य गरि सो बैंकका क्रेडिट कार्ड होल्डरहरुलाई समेत ६ महिना, १२ महिना, १८ महिनाको किस्ताबन्दीमा स्मार्टफोन उपलब्ध गराउँदै आएको छ ।

ईजी मोबाइल केयरका संचालक संजित पौडेलका अनुसार ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखेर किस्ताबन्दीको सुविधा काठमाडौं उपत्यका विभिन्न पसलहरुसँगको सहकार्यमा आधिकारिक च्यानल पार्टरहरु बिस्तार गर्दै आएको छ । र देशैभरी नै किस्ताबन्दी सेवा च्यानल पार्टरहरुसँग मिलेर बिस्तार गर्न लागेको छ ।

 यसै अवसरमा नोट नाइनको प्रि बुकिंग गर्न सकिने पनि कम्पनीले जनाएको छ । कम्पनीले ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै शुल्क नलाग्ने टोल फ्री नम्बर १६६००१२२९९९ पनि उपलब्ध गराएको छ ।

कम्पनीले रु.१ तिरेपछि मासिक किस्ताबन्दीमा स्मार्टफोनहरु उपलब्ध गराउने योजना पनि चलाईरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved