जेसिबीको नयाँ ‘जेएस १२०’ एस्काभेटर बजारमा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 01, 2018 | 08:51:15 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका लागि जेसीबी ब्रान्डको हेभी इक्विपमेन्ट तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्सले एकसय २० टनको नयाँ एस्काभेटर बजारमा ल्याएको छ।

काभ्रे इटा व्यवसायी संघको तेस्रो वार्षिक साधारण सभाको अवसर पारेर जेसीबीले नयाँ जेएस १२० एस्काभेटर सार्वजनिक गरेको हो। जेसीबी जेएस १२० सेग्मेन्टकै सबैभन्दा उत्कृष्ट उत्पादनमध्ये पर्छ। प्रतिघन्टा ८ प्रतिशत कम इन्धन खपत गर्ने यो एस्काभेटरको बकेट क्यापासिटी ०.५ देखि ०.६५ क्युबिक मिटरसम्म रहेको छ।

यसको अधिकतम इन्जिन पावर ६० किलोवाट छ । जेएस १२० खनन् कार्य, सडक, इटा उद्योग र अन्य निर्माण कार्यको लागि उपयुक्त हुने एमएडब्लु अर्थमुभर्सका सेल्स एन्ड मार्केटिङ डिजिएम दिपकराज गिरी बताउँछन्।

अत्याधुनिक प्रविधिजडित जेएस १२० पुणेस्थित जेसीबी प्लान्टबाट उत्पादन हुने गर्छ। अन्य ब्रान्डका मेसिनहरुको तुलनामा यसको उत्पादकत्व बढी र मर्मत खर्च कम पर्ने उनको भनाइ छ। नयाँ एस्काभेटरमा जेसिबी इकोम्याक्स इन्जिन लगाइएको छ।

नयाँ एस्काभेटरमा अपरेटर रुम पनि ठूलो र आरामदायी छ। जेएस १२० मा अत्याधुनिक टेलेम्याटिक्स प्रविधि लाइभलिंक जडान गरिएको कम्पनीले जनाएको छ। नयाँ मेसिनलाई नेपाल इटा उद्योग महासंघका अध्यक्ष महेन्द्र चित्रकार र काभ्रे इटा उद्योग संघका अध्यक्ष जितेन्द्र खायमलीले संयुक्त रुपमा सार्वजनिक गरे।


एमएडब्लु अर्थमुभर्सले सन् २००३ मा बेलायती हेभि इक्विपमेन्ट ब्रान्ड जेसीबीको डिलरसिप लिएको थियो। नेपालको अर्थमुभिङ र निर्माण उपकरण क्षेत्रमा यसको बजार हिस्सा ५० प्रतिशतभन्दा बढी रहेको कम्पनीको दावी छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved