रमेश घिमिरे एनसेलको डाइरेक्टर नियुक्त

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 04, 2018 | 01:19:08 PM मा प्रकाशित

laxmi  sunrise bank

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको निर्देशकमा रमेश घिमिरे नियुक्त भएका छन। यसअघि नेपाल एसबिआई मर्चेन्ट एण्ड बैंकिङको प्रमुख कार्यकारी अधिकृत रहेका घिमिरे एनसेलको लिगल, रेगुलेटरी, कर्पोरेट अफेयर्स डाइरेक्टरमा नियुक्त भएका हुन। 

कर्पोरेट ल, मिडिया म्यानेजमेन्ट, नेगोसियशन, कम्प्लाइन्स, कर्पोरेट अफेयर्स, रेगुलेटरी अफेयर्स जस्ता क्षेत्रका विज्ञ उनी लामो समयदेखि नेपाल एसबिआई बैंकको प्रवक्ताको भूमिकामा समेत थिए। कर्पोरेट ल मा प्रथम श्रेणीमा एलएलएम गरेका घिमिरेको प्रवेशसँगै एनसेलको कानुनी र नियामक पक्ष सबल र सुधार हुने आशा लिइएको छ। 

सन् २००१ (२०५८) मा तत्कालिन एनआइसी बैंकबाट कानुन अफिसरको रुपमा आफ्नो बैंकिङ करियर सुरु गरेका उनी २०६१ मा सहायक प्रवन्धकको रुपमा एसबिआई प्रवेश गरेका थिए। एसबिआई बैंकको नीतिअनुसार १४ बर्षको अवधिमा कुनै पनि प्रतिस्पर्धामा नछुटी पाँच पटक बढुवा हुन सकेका घिमिरेलाई बैंक व्यवस्थापनले योग्य र इमान्दार व्यक्तिको रुपमा लिँदै आएको थियो । 

घिमिरेले यसअघि कर्जा प्रशासन, कानुन, अनुपालना, केवाइसी एएमएल, श्रम सम्वन्ध, नियामक निकाय र विदेशी लगानीकर्ता व्यवस्थापन जस्ता जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका छन्। 

मिलनसार र सहयोगी घिमिरेको नेपाल राष्ट्र बैंकदेखि, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज जस्ता संस्थासँग पनि राम्रो सम्वन्ध रहेको छ । अंग्रेजी र नेपाली दुवै भाषामा दक्ष रहेका उनी स्पष्ट वक्ता पनि हुन। घिमिरेले एनसेलमा भदौ १९ देखि आफ्नो कार्यभार सुरु गरेका छन।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved