५ मोडलका केटीएम बाइक बजारमा, मुल्य ५ देखि ८ लाख सम्म

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 11, 2018 | 12:53:13 PM मा प्रकाशित

laxmi  sunrise bank

हंसराज हुलासचन्द एन्ड कम्पनी प्राइभेट लिमिटेडले बजारमा विभिन्न पाँच मोडलका केटीएम मोटरसाइकल बिक्रि गरिरहेको छ। मोटरसाइकलका पारखीहरुलाई लक्षित गरि बिभिन्न परिवर्तन सहित नयाँ मोडलका बाइक बजारमा ल्याइएको जनाइएको छ। 

युवाहरुको रोजाईमा परेको यस बाइकको चेसीस स्टीलको भएकोले बाइक हल्का भएको केटीएम बाइकका बजार अधिकृत अनमोल थापाले भने। बाइकको पार्टपूर्जा सहज तरिकाले शुलभ मूल्यमा नेपालभरि उपलब्ध भएको उनले बताए। 

नेपाली बजारमा केटीएम बाइकको मूल्य ५ लाखदेखी ८ लाख २९ हजार रुपैयाँसम्म पर्ने बताइएको छ। २०० सिसिको डुक बाइकको मूल्य ४ लाख ९९ हजार ९०० रुपैयाँ तोकिएको छ भने २५० सिसिको डुक बाइकको मूल्य ५ लाख ८९ हजार ९००, ३९० सिसिको डुक बाइकको मूल्य ८ लाख २९ हजार ९००, २०० सिसिको आरसी बाइकको मूल्य ५ लाख ८४ हजार ९०० र ३९० सिसिको आरसी बाइकको मूल्य ८ लाख १९ हजार ९०० कम्पनीले तोकेको छ । केटीएम ड्युक वाइकको माइलेज न्युनतम २५ देखि अधिकतम ३५ किलोमिटर रहेको छ ।      

  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved