ज्ञान अर्थ मुर्भसद्धारा एसडब्लुएम मोटरसाइकल सार्वजनिक

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 12, 2018 | 10:10:22 AM मा प्रकाशित

laxmi  sunrise bank

नाडा अटो शोको अवसरमा नेपालमै पहिलो पटक इटालियन कम्पनी एसडब्लुएम मोटरसाइकल सार्वजनिक गरिएको छ । एसडब्लुएम मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता ज्ञान ग्रुप अन्तर्गत ज्ञान अर्थ मुर्भस प्रा. लि.ले यी बाइक भृकुटीमण्डपमा आयोजित नाडा अटो शोमा सार्वजनिक गरेको हो । 

प्रारम्भमा एसडब्लुएमका आरएस ३०० आर, सुपर ड्युअल ६५० टी र सिल्भर भेस ४४० का मोडल भित्र्याइएका छन् । आरएस ३०० आरको मूल्य १६ लाख, सुपर ड्युअल ६५० टीको २३ लाख रुपैयाँ र सिल्भर भेस ४४० को मूल्य १४ लाख ५० हजार कायम गरिएको छ । 

इटालियन कम्पनी एसडब्लुएमले सन् १९७१ देखि मोटरसाइकल उत्पादन थालेको थियो । कम्पनीले बजार बिस्तारको लागि हाल बालुवाटार स्थित शोरुम र वर्कशपको अलावा चितवन र पोखरामा शोरुम खोल्ने तयारी भएको ज्ञान अर्थका निर्देशक दिपेश श्रेष्ठले जानकारी दिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved