भायनेटको ‘महाचाड, महाबचत, महाअफर’ योजना

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 24, 2018 | 10:11:02 AM मा प्रकाशित

laxmi  sunrise bank

‘फाइबर टु दी होम’ इन्टरनेट सर्भिस प्रोभाइडर भायनेट कम्युनिकेसन्सले देशभरका ग्राहकका लागि दसैँ तिहारको अवसरमा ‘महाचाड, महाबचत, महाअफर’ योजना ल्याएको छ।

यस योजनाअन्तर्गत ग्राहकहरुले वार्षिक प्राप्त शुल्कमा ४४ प्रतिशतसम्मको बचत गर्न सक्नेछ्न। यसै साथ ग्राहकलाई १२ महिनाको लागि १९० भन्दा बढी च्यानलहरु भएको एनइटिटिभीका साथै सेट–टप–बक्स समेत निःशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ।

महाअफर मार्फत ग्राहकले प्रतिमहिना ९९९ रुपैयाँमा २० एमबिपिएस, १ हजार १४९ मा ३० एमबिपिएस र १ हजार ३९९ रुपैयाँमा ६० एमबिपिएस स्पिडको इन्टरनेटसँगै १२ महिनाको निःशुल्क एनइटिटिभीको सुविधा पाउने छन्।

यस अफर अन्तर्गत ग्राहकहरुले निःशुल्क जडानका साथै निःशुल्क फाइबर केबल र राउटर प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। यो अफर कात्तिक ३० सम्म लागू हुने बताइएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved