ओपोको नयाँ फोन अक्टोबर पहिलो सातामा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 28, 2018 | 11:43:57 AM मा प्रकाशित

laxmi  sunrise bank

ओपोले एफनाइन स्टारी पर्पल नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ । पछिल्लो महिनाओपो एफनाइनलाई सनराइज रेड र ट्वाइलाइट ब्ल्यूमा सार्वजनिक गरेको ओपोले अक्टोबर महिनाको पहिलो साताभित्रै स्टारी पर्पल रंगमा फोन सार्वजनिक गर्ने घोषणा गरेको हो ।

 ५ मिनेटको चार्जमै २ घण्टाको टक टाइम उपलब्ध गराउने दाबी गरेको भोक फ्ल्याश चार्ज सुविधा सहितको ओपो एफनाइन स्टारी पर्पलमा उद्योगकै पहिलो ग्राडियण्ट कलर डिजाइनको प्रयोग गरिएको कम्पनीले बताएको छ । यस मोबाइलले लो भोल्टेज चार्जिङ प्रविधिको उपयोग गर्दै  साधारण ५भी÷१ए चार्जरका तुलनामा ४ गूणासम्म तिब्र गतिको चार्जिङ सुविधा उपलब्ध गराउने दाबी कम्पनीको छ ।

भोक प्रविधिमा एडेप्टरदेखि पोर्ट र फोनको आन्तरिक भाग सम्म ५ तहको सुरक्षा प्रणालीको ब्यवस्था गरिएको ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले बताए । उनका अनुसार । यसमा भोल्टेज रिड्युसिङ सर्किटलाई एमसीयू मार्फत विस्थापन गरिएको छ । यसको माध्यमबाट फोनको प्रयोग गरिरहँदा समेत उच्चगतिको फास्ट चार्जिङलाई निरन्तरता दिन सकिने उनले बताए ।

यसमा ओपोकै  पहिलो ६.३ ईञ्च वाटरड्रप स्क्रिन डिजाइन, ९०.८%को उच्च स्क्रिन टू बडी रेसियो,  र ३५०० एमएएच ब्याट्री रहेको छ  । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved