आइएमई प्रिभिलेज कार्ड वाहकलाई एन्टीक फेसन स्टोरमा बिशेष छुट

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 01, 2018 | 07:26:49 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई लिमिटेड र बनेपास्थित नाला दोबाटोमा अवस्थित एन्टीक फेसन स्टोरवीच छुट सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा आइएमई लिमिटेडका तर्फबाट मार्केटिङ्ग तथा सेल्स अधिकृत अजय थापा र एन्टीक फेसन स्टोरको तर्फबाट बजार तथा व्यापार प्रवद्र्घन विभाग प्रमुख संजीव प्रजापतिले हस्ताक्षर गरेका छन् । यो सम्झौता यहि मिति २०७५ साल असोज १० गतेदेखि एक वर्षसम्मका लागि लागु हुने बताईएको छ । 


सम्झौता अनुसार आइएमई प्रिभिलेज कार्ड वाहक सेवाग्राहीहरूले एन्टीक फेसन स्टोरबाट समान खरिद गर्दा  तीस (३० ) प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने छन् ।  यो सुविधा लिनका लागि आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड स्टोरको क्यास काउन्टरमा   देखाउनुपर्ने कम्पनीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved