रामदेबको पतञ्जलीमा फुट: नेपालीलाई लुट्ने काममात्रै भएको भन्दै समानान्तर समिति गठन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 02, 2018 | 08:44:58 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतको हरिद्वारबाट सञ्चालित नेपालस्थित पतञ्जली योग समिति बिभाजन भएको छ। नेपालस्थित पतञ्जलीमा बर्षौं बसेका योग अभियन्ताले नै बिद्रोह गर्दै समानन्तर योग समिति गठन गरेका हुन। 

असोज १५ गते पत्रकार सम्मेलन गरि बिद्रोह गरेका अभियन्ता सुदर्शन सुवेदीको नेतृत्वमा पातञ्जल योग समिति नेपाल गठन भएको जानकारी दिइएको हो। पतञ्जलीबाट अलग्गिएकाहरुको पातञ्जल योग समिति नेपालको अध्यक्षमा सुबेदी नै छन।      

नेपालमा बैधानिक, आधिकारिक स्वायत्त र स्वतन्त्र संस्थाको रुपमा बिकास गर्न नेपालस्थित नेतृत्त्व तयार नभएपछि आफुहरु समानान्तर समिति गठन गर्न बाध्य भएको सुबेदीले जानकारी गराए। 'पतञ्जली नेपाललाई भारतबाट सञ्चालित हुने प्रथाको अन्त्य गरौँ भन्दा नेपालस्थित नेतृत्व तयार नभएपछि हामीले समानान्तर संस्था दर्ता गरी सञ्चालनमा ल्याउन बाध्य भयौं' उनले पत्रकार सम्मलेनमा भने। 

सुबेदीका अनुसार पतञ्जली नेपालको कुनै पनि निकायमा दर्ता छैन। नेपालमा पतञ्जली अवैधानिक संस्था हो। अवैधानिकमात्रै नभई यसले नेपालमा पैसा उठाई भारत पठाउँदै आएको र यस्तो काम राष्ट्रघातसमेत भएको छ। पतञ्जलीले नेपालको राष्ट्रियता र अखण्डतामा आँच पु¥याउने कार्य गर्दै आएको छ।  ‘पतञ्जलीले नेपालीलाई उसको उत्पादनको व्यापारिक एजेन्टमात्रै बनाएका छन्’, उनले थपे, ‘पतञ्जलीले नेपाल र नेपालीलाई लुट्ने काममात्रै गर्दै आएको छ । नत्र नेपालबाट उठेको रकम नेपालमै योगको विकास तथा आयुर्वेदको विकासमा लगानी गर्नुपथ्र्यो ।’

सुवेदीको अध्यक्षतामा १३ सदस्यीय पातञ्जल योग समिति नेपाल केन्द्रीय समिति गठन भएको छ। उपाध्यक्षमा राजभक्त श्रेष्ठ, सचिवमा नवराज काफ्ले र कोषाध्यक्षमा जानुका भट्टराई छन् ।

त्यस्तै योगप्रसाद आचार्यको अध्यक्षतामा २३ सदस्यीय भक्तपुर जिल्ला समिति गठन गरिएको छ। जसमा उपाध्यक्षद्वयमा धर्मबहादुर श्रेष्ठ र रञ्जु सापकोटा, सचिवमा बुद्धलक्ष्मी त्वायना, सहसचिवमा सृजना मल्ल ठकुरी र कोषाध्यक्षमा गोविन्द गोजा श्रेष्ठ रहेका छन् ।

केन्द्रीय सचिव काफ्लेले समितिलाई ७७ वटै जिल्लामा विस्तार गरिने जानकारी दिए । उनले पातञ्जलले पनि नेपाली जडिबुटी प्रयोग गरी विभिन्न आयुर्वेदिक उत्पादन गर्ने लक्ष्य रहेको सुनाए।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved