काठमाडौंका ट्याक्सी चालकलाई दशैं शुभकामनामा शिवम सिमेन्टको ज्याकेट

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 04, 2018 | 02:33:47 PM मा प्रकाशित

laxmi  sunrise bank

शिवम् सिमेन्ट लिमिटेडले ट्याक्सी चालकलाई ज्याकेट हस्तान्तरण गरेको छ। शिवमले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाण्डौको ट्याक्सी चालकहरुको लागि पहिलो चरणमा चालक ज्याकेट उपलव्ध गराएको हो। 

नेपाल सरकार तथा यातायात व्यवस्था विभागले ट्याक्सी चालकहरुलाई ट्याक्सी चलाउदा ज्याकेट अनिवार्य गराएको थियो।  उक्त कार्यलाई सहज बनाउने अभिप्रायले शिवमले पहिलो चरणमा अन्तर्गत ट्याक्सीलाई विजया दशमीको शुभकामनाका सहित एभरेष्ट क्याव सर्भिसको संयोजकत्वमा ट्याक्सी चालकलाई ज्याकेट हस्तान्तरण गरेको हो। कालोपुल वडा अध्यक्ष रमेश डंगोल तथा कम्पनीका सिनियर ब्राड म्यानेजर केशव अर्यालले संयुक्त रुपमा ट्याक्सी चालक ज्याकेट हस्तान्तरण गरे।  

कम्पनीले सडक निर्माण, खानेपानी व्यवस्थापन, गाँउपालिका मार्फत विद्यालय संचालनमा सहयोग, स्वास्थ्य चौकी संचालनमा सहयोग, एम्बुलेन्स हस्तान्तरण, वातावरण व्यस्थापन एवम् वृक्षारोपण, सरसफाई जस्ता विभिन्न कार्यक्रमहरु गर्दै आएको छ। यसैको निरन्तरता स्वरूप कम्पनीले चालक ज्याकेट हस्तान्तरण गरेको हो। 

सन् २००९ मा नेपालका केन्द्र भाग हेटौँडामा स्थापित यस शिवमले अत्याधुनिक जर्मन प्रविधीयुक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उक्लिंकर र शिवम् सिमेन्ट तथा शिवम प्लस सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ। कम्पनीले हालै मात्र आयोजना प्रभावितका लागि प्रिमियम मुल्यमा साधारण सेयर बिक्रि गरिसकेको छ भने सर्वसाधारणलाई आइपिओ बिक्रिको तयारिमा छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved