दशैँको अवसर विभिन्न अनलाइन सपिंग
साइटहरुले ग्राहकको लागि आकर्षकको अफर लिएर आएका छन् । ठुलो डटकमले ग्राहकहरुको
लागि ‘ ठुलो दशैँको
ठुलो धमाका ’ मार्फत ९० प्रतिशतसम्म छुट सहितका अफरहरु ल्याएको छ । २००७ देखि संचालनमा आएको
नेपबे डटकम पनि हाल ठुलो ग्रुप अफ कम्पनीज अन्तर्गत आएको हो ।
ठुलो डटकमले १ रुपियाँ मै सामान पाइने
अफरदेखि ९० प्रतिशतसम्म छुटका अफरहरु ल्याएको छ
। कम्पनीले यस पटक १४ प्रकारका समान १ रुपैया मै बेच्ने जनाएको छ । जस अनुसार कम्पनीले
एलईडि चिम, जुत्ता र रंगिन कचौराहरु यस अफर अन्तर्गत बेचिसकेको छ । यी अफर वेबसाइटमा कुनै
पनि समय देखिन सक्ने र अर्डर सुरु भएपछि त्यसको स्टक रहन्जेल मात्र रहने ठुलो
डटकमका जनरल म्यानेजर सुशील नेपालले बताए ।
त्यस्तै कम्पनीले फ्ल्यास सेल अन्तर्गत
हरेक घण्टामा विभिन्न छुट सहितको अफर दिएको छ, जुन ग्राहकहरुले साइट खोल्ना साथ
देख्न सक्ने छन् । कम्पनीले आफैले आयात गरेर पनि समान बेच्दै आएको छ भने अन्य
कम्पनीको समान पनि बिक्रि गरिरहेको छ । कम्पनीले ग्राहकलाई फ्री
कुपन, गिफ्ट भौचर लगायतका विभिन्न गिफ्ट पनि दिने गरेको छ ।
असोज २७ गते शनिवारसम्म चल्ने यस मेलामा ठुलो डटकमले ‘जुत्ता किन्दा लेडिज स्याण्डल फ्री, एउटा किन्दा अर्को सित्तैमा अफर पनि ल्याएको छ । यस्तै कम्पनीले आफुले बेचेको सामान सबै भन्दा सस्तो भएको दाबी गरेको छ । यदि आफुले बेचेको सामान अन्त कतै सो भन्दा कम मूल्यमा पाएमा र त्यसको प्रमाण पेश गरेमा ठुलो डटकमले त्यो प्रमाणमा भएको मूल्य भन्दा पनि कम मूल्यमा सामान घरमा पुर्याईदिने ब्यबस्थापक नेपालले बताए । त्यस्तै कम्पनीले चक्रपथ भित्र ५० रुपैयाँमा समान डेलिभरी गर्ने र १००० भन्दा बढीको समान किनेमा सित्तैमा उपत्यका भित्र डिलिभरी गरिने कम्पनीले बताएको छ । कम्पनीको समान अनलाइन मार्फत,, फोन, फेसबुकबाट पनि अर्डर गर्न सकिने छ । छिट्टै कम्पनीको एप आउँन लागेको प्रबन्धक नेपालले बताएका छन । सबै समानमा अफर रहेकोले के मा कति छुट छ भनेर साइट मै हेर्न सकिने नेपालले जानकारी दिए ।
"यदि हामीले बेचेको सामान भन्दा अन्त कतै सस्तो दिन्छ भने त्यसको प्रमाण पेश गर्नुहोस, ठुलो डटकमले प्रमाणमा भएको भन्दा कम मूल्यमा त्यो सामान ग्राहकको घर मै पुर्याईदिनेछ"-सुशील नेपाल |
अन्य अनलाइन शपिंग साईटको तुलनामा केहि
फरक रहेको ठुलो डटकमले ललितपुरको ज्वागलमा ठुलो पसल नामको पसल पनि संचालन गरेको छ । यहाँ गएर पनि ग्राहकले
सिधै समान खरिद गर्न सक्ने छन् ।
कम्पनीले अबको २ बर्ष भित्र एक व्यक्तिलाई बिहानदेखि बेलुकासम्म आवश्यक पर्ने सबै समान सिधै ग्राहकको घरमा पुर्याउने गरी काम गरिरहेको प्रबन्धक नेपालले बताए । उनका अनुसार बिहान उठेदेखि जे जे आवश्यक पर्छ, त्यो सबै कम्पनीमा उपलब्ध हुनेछ र कम्पनीले नै ग्राहकको घरसम्म पुर्याईदिने छ ।त्यस्तै कम्पनीले अहिले नै ग्राहक कार्ड बनाएर आफ्ना नियमित ग्राहकलाई महिना भरी चाहिने वा हप्ता भारी चाहिने आवश्यक सामान डिलिभरी गर्दै आएको छ ।