नेपाली बजारमा हुवावेको ‘हुवावे मेट ट्वान्टी प्रो’, यस्ता छन सवा लाख पर्ने फोनका १२ विशेषता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 21, 2018 | 10:43:34 AM मा प्रकाशित

laxmi  sunrise bank

हुवावेले नयाँ स्मार्टफोन ‘हुवावे मेट ट्वान्टी प्रो’ सार्वजनिक गरेको छ। उक्त फोन आफ्ना उत्पादनहरु मध्येकै उत्कृष्ट भएको कम्पनीले दावी गरेको छ। फोन गत महिना अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक गरिएको थियो।

फोनमा लाइका अल्ट्रा वाइड एंगल लेन्ससहितको लाइका ट्रिपल क्यामरा, किरिन ९ सय ८० सहितको आर्टिफिसियल इन्टिलिजेन्स (एआई), ४० वाटको सुपरचार्ज तथा वायरलेस रिभर्स चार्ज युक्त ४२ सय एमएएच ब्याट्री, हाईटच थ्रीडी फेश रेकग्निशन सहितको ईएमयुआई ९.० तथा यस फोनका आइकोनिक डिजाइन रहेको कम्पनीले जनाएको छ।

मेट ट्वान्टी प्रोले १५ देखि ४० सम्म वायरलेस चार्जर सपोर्ट गर्ने कम्पनीको भनाइ छ। फोन हरियो (एमरालन्ड ग्रीन), क्लासिक, ब्ल्याक रंगमा उपलब्ध छ।फोनमा ६.३९ इन्च स्क्रीन, १९.५ः९ रेसियोको डिस्प्ले, टूके प्लस रेज्युलुस छ।फोनको बजार मूल्य .१ लाख २९ हजार ९ सय रहेको छ।

ह्वावे मेट ट्वान्टी सिरिज अन्तर्गत ह्वावे मेट ट्वान्टी, ह्वावे मेट ट्वान्टी प्रो, ह्वावे मेट ट्वान्टी एक्स तथा मेट ट्वान्टी आरएस पोर्श डिजाइन ह्वावे अन्तरर्राष्ट्रिय बजारमा सार्वजनिक गरिएका छन तर नेपाली बजारमा भने मेट ट्वान्टी प्रो मात्र सार्वजनिक गरिएको छ । 

सोफिस्टिकेटेड डिजाइनको ह्वावे मेट ट्वान्टी प्रो स्मार्टफोन सबैभन्दा अत्याधुनिक, लामो ब्याट्री आयु, अत्याधुनिक सुरक्षा, उत्कृष्ट फोटोग्राफीतथा भिडियोग्राफी अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ। नेपाली बजारमा ह्वावे मेट ट्वान्टी प्रो को मूल्य १,२९,९०० कायम गरिएको छ। 

ह्वावे मेट ट्वान्टी प्रोका मुख्य विशेषताहरु

ह्वावे मेट ट्वान्टी प्रोमा ४० एमपी (वाइड लेन्स,एफ÷ १.८ एपेचर), २० एमपी  (अल्ट्रावाइड एंगल लेन्स, एफ÷२.२ एपेचर) र ८ एमपी  (टेलिफोटो, एफ ÷२.४ एपर्चर) को लाईका ट्रिपल क्यामरा छ। यसमा अटो फोकस (लेजर फोकस, फेज फोकस, कन्ट्रास्ट फोकस) तथा एआईएस (ह्वावे इमेज एआई इमेज स्टेब्लाइजेसन) फिचर रहेको छ।

-बिल्कुलै नयाँह्वावे सुपरचार्ज (४० वाट ह्वावे सुपरचार्ज फास्ट चार्जिङ प्रविधियुक्त)

–विश्वकै पहिलो वायरलेस रिभर्सचार्जिङ

– सोफिस्टिकेटेड थ्री डी फेस रेकग्निसनफिचर

– स्तोरन्नतिगरिएको इनस्क्रीनफिङ्गरप्रिन्ट सेन्सर

– एआईसिनेमामोड

– किरिन ९८० युक्त

– कोर्टेक्स ए७६ माआधारित कोरहरू प्रयोग गर्ने विश्वकै पहिलो व्यावसायिक एसओसी

– दिनभरि टिक्ने ब्याट्री क्षमता ४००० एमएएचबाट बढाइएर ४२०० एमएएचहाई डेन्सिटी ब्याट्री बनाइएको

– चिपस्तरीय सुरक्षासहितको रेभिड डाटा रिकभरी

– आकर्षक नयाँ रंग– एमरालण्ड ग्रीनमा

–असाधारण स्टाइल


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved