अनलाईनबाट बसको टिकट काट्दा निशुल्क यात्रा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 28, 2018 | 01:13:12 PM मा प्रकाशित

laxmi  sunrise bank

‘बससेवा डटकमले’ अंग्रेजी नयाँ वर्ष २०१९ मा निशुल्क बस यात्रा गर्न सकिने अफर सार्बजनिक गरेको छ । बससेवा बाट अनलाईनमार्फत टिकट काटेर बसको यात्रा गर्दा दिनमा ५ जनाले निशुल्क यात्रा गर्न पाउनेछन् ।
३० डिसेम्बर २०१८ देखी २ जवनरी २०१९ सम्म लागु हुने योजनामा हरेक दिन ५ जनाले शतप्रतिशत क्यासब्याक सहित निुशल्क यात्रा गर्न सक्नेछन् । अन्य ५ जनाले ५० प्रतिशत क्यासब्याक पाउनेछन् । कम्पनीका अनुसार गोलाप्रथाबाट छुट पाउने यात्रीको छनोट गरिनेछ । अन्य यात्रुहरूले भने अनलाइनबाट टिकट काट्दा नियमित रूपमा पाउँदै आएको १७ प्रतिशतसम्म क्यासब्याक पाउनेछन् ।
बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत पि.आर खनालका अनुसार अन्तर्राष्ट्रिय रूपमा मनाइने अंग्रेजी नयाँवर्षका अवसरमा नेपालीमा पनि नयाँ वर्षको खुसीयाली साट्नको लागि छुट योजना संचालन गरिएको हो । नयाँ वर्ष मनाउन पोखरा, चितवन, लुम्बिनी लगायतका पर्यटकिय क्षेत्रमा जाने प्रचलन रहेको भन्दै यात्रुहरूका लागि यो अफर ल्याएको खनालको भनाइ छ ।
यात्रुहरूले बससेवा डटकम, बससेवा मोबाईल एप्स्, इसेवा डटकम डट एनपीबाट अनलाइन टिकट काट्न सक्ने जनाईएको छ । आइएमइ पे, इप्रभु, इन्टरनेट तथा मोबाईल बैंकिङ, इनेट लगायतका पेमेन्ट गेटवेबाट समेत टिकट काट्न सकिनेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved