स्याङयोङ मोटर्सको एक्चेन्ज योजना, १ बर्षको बिमा सहित ४ लाख सम्मको छुट

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 02, 2019 | 10:53:35 AM मा प्रकाशित

laxmi  sunrise bank

स्याङयोङ मोटर्सले अंग्रेजी नयाँ वर्षको अवसरमा एक्चेन्ज योजना ल्याएको छ । नेपालको लागी स्याङयोङ मोटर्सको आधीकारीक विके्रता, आइएमएस ग्रुप अन्तर्गतको आइएमएस मोटर्सले यो योजना ल्याएको हो ।
योजना अन्र्तगत ग्राहकहरुले आफ्नो कुनै पनि गाडी सँग स्याङयोङ ब्राण्डको नयाँ एसयूभि साट्न सक्ने कम्पनिले जनाएको छ । यसरी पुरानो गाडीको सट्टा गर्दा नयाँ गाडी खरिद गर्दा ग्राहकहरुले ४ लाख सम्मको छुट पनि पाउन सक्नेछन ।
एक्सचेन्ज अफरमा १ बर्षको निशुल्क बिमा, आर्थिक वर्ष २०७५÷७६ को रोड ट्याक्स तिर्न नपर्ने, ३ वर्षको वारेन्टी (६०,००० किलमेमिटरसम्म) र ५ वर्षसम्म निःशुल्क सर्भिसिङ्गको व्यवस्था छ । अफरको अवसरमा फाइनान्सको पनि सुविधा रहेको जनाईएको छ ।
स्याङयोङ, सन् १९५४ मा दक्षिण कोरियामा स्थापना भएको एसयूवी ब्रान्ड ओटोमोबाइल निर्माता हो । कम्पनिले हालसम्म संसारभरी १ हजार ६५८ बिक्रेता मार्फत १ सय २८ देशहरुमा ओटोमोबाइल निर्यात गर्दै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved