अन्तराष्ट्रिय फ्रेन्चाइज ‘हु वन्ट टु बी अ मिलीनियर’ को नेपाली सँस्करण ‘को बन्छ करोडपति’को मोबाइल एप सार्वजनिक भएको छ । विभिन्न पुरस्कारहरु जित्नकालागि प्रयोगकर्ताले ‘केबीसी नेपाल’ एप डाउनलोड गर्नुपर्ने हुन्छ । मोबाइलको एप स्टोरमा गएर केबीसी नेपाल टाइप गरेर मोवाइलमा एप डाउनलोड गर्न सकिन्छ ।
एक महिनाभित्रै सुरु हुन गएरहेको अन्तराष्ट्रिय गेम शो मोबाइल एप मार्फत पनि टिभिको जस्तै ढाँचामा खेल्न सकिने बनाइएको छ । प्रशारण हुनु अगावै नै मोबाइल एप भने सार्वजनिक भैसकेकाले एप मार्फत तयारी थाल्न सकिने भएको छ ।
मनोरञ्जन र ज्ञान एकैसाथ पाइने गरि बनाइएको मोबाइल एपमा पनि विभिन्न विधाका प्रश्नहरु भीन्न भीन्न ढाँचामा खेल्न सकिने छ । एपमा पनि ‘फास्टेस फिंगर फस्ट’ लगायतका सबै विधाका प्रश्न समावेश छन् । प्रायोजित क्विजको पुरस्कारमा भने केही सर्तहरु लागु हुनेछन ।
‘सिभिल बैंक क्विजः दिनकै २०७५ र खाता खोल्दा सित्तैमा सय रुपैँया’
कार्यक्रमको बैंकिङ पार्टनर रहेको सिभिल बैंकले एपमा समेत आफ्नो प्रायोजनको क्विज राखेको छ । ‘सिभिल बैंक स्पोन्सर्ड क्विज’ खेल्ने प्रयोगकर्ता मध्ये एकजनाले दिनको दुइ हजार पचहत्तर रुपैँया पुरस्कार जित्नेछन ।
बैंकको प्रायोजित प्रश्नहरुमा सहभागि हुने प्रतियोगीहरुले बैंक खाता खोल्दा स्वतः १०० जम्मा हुने पनि बताइएको छ । केबीसी नेपाल एपबाट खाता खोल्ने प्रकृया सुरु गरेर नजिकको सिभिल बैंक साखामा गएर खातालाइ पूर्णता दिन सकिनेछ । प्रयोगकर्ताहरुले परिचय खुल्ने कागजात लिएर बैंकको साखामा गएसंगै केबीसी नेपालको प्रयोगकर्ताले सित्तैमा १०० खातामा पाउनेछन ।
नीयमित क्विजमा पाउनुहोस् खल्ति पोइन्ट्सः पोइन्ट्स बाटै हुन्छ लाखौँ फाइदा !
को बन्छ करोडपतिको टिकेटिङ पार्टनर खल्तिले पनि उत्साहप्रदक प्रायोजन राखेको छ। मोबाइल एपमै नीयमित क्विज खेल्दा प्राप्त हुने खल्ति पोइन्टस्लाइ रकममा भ्यालुएसन गरिनेछ । नीयमित क्विजका सहभागिहरु मध्ये पहिलो हुनेले एक लाख, दोस्रो हुनेले पचहत्तर हजार , तेस्रो हुनेले ५० हजार र थौथो हुनेले २५ हजार जित्नेछन । यसैगरि पााचौँ हुनेले रु. १५ हजार र छैटौँ देखि दसौँ हुनेले रु. १० हजार प्राप्त गर्नेछन् ।
केकेएफसि क्विजः सित्तैमा खाना देखि १०% क्यास ब्याक सम्म !
को बन्छ करोडपतिको ‘फुडिङ पार्टनर’ केकेएफसीले पनि आफ्नो प्रायोजनमा रहेको क्विज खेल्ने प्रतियोगीलाइ विभिन्न अफरहरु घोषणा गरेको छ । केकेएफसी साप्ताहिक क्विज खेलेर पहिलो हुने एक जनालाइ रु. २५२० बराबरको ‘स्पेशल’ खाना/खाजाको व्यवस्था गरेको छ ।
यस्तै दोस्रो हुनेलाइ एक ‘बिरयानी बकेट’ र ८ पिस ‘क्रिस्पी चिकेन’ प्रदान गरिनेछ जसको मुल्य रु. १४५५ पर्दछ । तेस्रो हुनेले ६ पिस क्रिस्पी ग्रिल्ड चिकेन र चौथो हुनेले २ पिस बर्गर/फ्राइ/ ड्रिंक्स पाउनेछन जसको मुल्य क्रमशः रु. ९९० र ३७५ छ । यस्तै पाचौँ हुने १० जनालाइ ३०% क्यासब्याक उपहार राखिएको छ । सान्त्वना पुरस्कार स्वरुप केबीसी नेपाल एपमा केकेएफसी सप्ताहिक क्विज खेल्ने सबैलाइ १०% क्यासब्याक पुरस्कार राखिएको छ ।
क्विज खेलेरै नीशुल्क मन्टेस्वरी कक्षा र प्रतिरक्षा तालिम !
यस्तै एपमा आफ्नो प्रायोजन राखेका हाम्रो मन्टेस्वरी एण्ड डे केयर हाउसले क्विज विजेताहरु मध्ये निश्चितलाइ मन्टेस्वरीमा नीशुल्क बच्चा पढाउने तथा फाइटब्याक भन्ने सँस्थाले नीशुल्क प्रतिरक्षा तालिम दिने भएका छन् ।