ताम्राकार कम्प्लेक्समा ओप्पोसँग पुराना मोबाइल साट्ने अवसर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 07, 2019 | 08:47:34 AM मा प्रकाशित

laxmi  sunrise bank
केटिएम मोबाइल सेन्टरले नेपालमै पहिलो पटक ओपो मोबाइल ग्रेट एक्सचेन्ज मेला आयोजना गरेको छ । चिनियाँ मोबाइल ब्राण्ड ओपोले नेपाली ग्राहकहरुलाई ओपो मोबाइल उपलब्ध गराउने उद्धेश्यका साथ ताम्राकार मोबाइल कम्प्लेक्सको केटिएम मोबाइल सेन्टरसँगको सहकार्यमा ग्रेट एक्सचेन्ज मेला आयोजना गरेको हो ।

पुस २२ गते आइतवारदेखि शुरु भएको यो ग्रेट मोबाइल एक्सचेन्ज मेलामा ग्राहकहरुले कुनै पनि मोबाइल फोन साटेर ओपोका नयाँ स्मार्टफोनहरु लान सक्नेछन् ।
आइतवार आयोजित एक कार्यक्रमका बिच मोबाइल एक्सचेन्जमा ख्यातिप्राप्त र नम्बर वान मोबाइल शप केटिएम मोबाइल सेन्टरमा ग्रेट मोबाइल एक्सचेन्जको शुभारम्भ भएको घोषणा गरियो । ओपोको ग्रेट मोबाइल एक्सचेन्ज मेला यहि माघ ६ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved