डीशहोमद्वारा बिद्यार्थीलाई शैक्षिक सामग्री वितरण

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 11, 2019 | 04:02:29 PM मा प्रकाशित

laxmi  sunrise bank
डिजिटल टेलिभिजन सेवा प्रदायक कम्पनी डीशहोमले तराईका चार बिद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ। कम्पनीले “डिशहोम उज्वल भविष्य” कार्यक्रम अन्तरगत तराइका रौतहट, बारा र पर्साको विपन्न परिवार तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहितको झोला तथा न्यानो टोपि वितरण गरेको हो। 

नेपालको कुनाकाप्चा सम्म टेलिभिजन सिग्नल पुर्याएर संचारको क्षेत्रमा क्रान्ति नै ल्याएको डिशहोमले विद्यार्थीहरुको गुणस्तरीय शिक्षाका लागि सहयोग पुर्याउने उदेश्यले “डिशहोम उज्वल भविष्य” कार्यक्रम अन्तर्गत उक्त सामाग्री वितरण गरेको कम्पनीका ब्राण्ड म्यानेजर मनोज न्यौपानेले बताए।

कार्यक्रम अन्तरगत रौतहटको गौरमा रहेको अधारभुत विद्यालय बाल मन्दीरका विपन्न परिवार तथा जेहेन्दार ६० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहितका झोला र न्यानो टोपी वितरण गरिएको छ ।
 
यसै योजना अन्तर्गत डिशहोमले बारा जिल्लाको महागढिमाई नगरपालिका स्थित, श्री गढिमाई महेन्द्र उच्च माध्यमिक विद्यालयका विपन्न परिवारका तथा जेहेन्दार विद्यार्थीहरुलाई पनि शैक्षिक सामाग्री सहितका झोला तथा न्यानो टोपी वितरण गरिएको छ । 
 
शैक्षिक सामाग्री महागढिमाई नगरपालिकाका उप प्रमुख तारा देवि कामतको प्रमुख आतित्थ्यतामा २ नं. वडा अध्यक्ष बिरेन्द्र प्रसाद चौरसिया, समाजसेवी, शिक्षक तथा स्थानियको सहभागितामा डिशहोमका वितरक बिक्की अग्रवालले वितरण गरे।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved