फुडमाण्डूको अनलाईन फुड फेस्टिभल माघ १ देखि, १ रुपैयाँमै खाना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2019 | 11:27:12 PM मा प्रकाशित

laxmi  sunrise bank

फूड डेलिभरी कम्पनी फुडमाण्डूले अनलाईन फुड फेस्टिभल २०१९ आयोजना गरेको छ। फेस्टिभल उत्सव यहि माघ १ देखि  माघ १० सम्म संचालन हुने जनाइएको छ। 

फुडमाण्डूको अनलाइन फूड फेस्टिभलमा सहभागी ३० विभिन्न रेष्टुरेन्टहरुले आफ्ना विशेष परिकारहरु विशेष छुट मूल्यमा पस्किेनछन।यस उत्सव अवधिमा ग्राहकहरुले आफ्नो मोबाइलमा फुडमाण्डू एप्स डाउनलोड गरेर उत्सवको मजा लिन सक्नेछन। यो उत्सव केबल फुडमाण्डूको मोबाइल एप्समा मात्र संचालन गरिएको छ।

फुडमाण्डूको एप्समा गएर अर्डर गरेमा ५० प्रतिशतसम्मको छुट, १ मा खाना पाईने अवसरका साथै खल्तीबाट भुक्तानी गर्दा थप २० प्रतिशत क्यासब्याक पनि प्राप्त गर्नसक्नेछन् ।

उत्सवमा विभिन्न गेमहरु खेलेर भौचरहरु समेत जित्न सक्नेछन। हरेक दिन १० जना ग्राहकहरुले २५०० भन्दा माथिको अर्डरमा १८० एम.एल.को भोड्का(रुस्लान) पनि निशुल्क प्राप्त गर्नेछन। साथै उत्सव अवधिभरी ग्राहकहरुसम्म फ्रि डेलिभरीको व्यवस्था गरिएको छ ।

उत्सव अवधिभर फुडमाण्डूमा प्रत्येक दिन दुईपटक फ्ल्याश डिल आयोजना हुनेछ भने विभिन्न खानाका परिकारहरुसहितको मिस्ट्री बक्सहरु पनि छुट मूल्यमा उपलब्ध हुनेछ ।

अघिल्लो वर्ष भव्यताका साथ संचालन गरिएको अनलाईन फुड फेस्टिभलको यो दोस्रो संस्करण हो। पहिलो संस्करणको सफलताबाट निकै उत्साहित भएर यो वर्षपनि अनलाइन फुड फेस्टिभल आयोजना गरिएको कम्पनीका मुख्य कार्यकारी मनोहर अधिकारीले बताए ।

‘यो वर्ष हाम्रा ग्राहकहरुका लागि अझ धेरै छुट र अफरका साथ खानाको मेनुमा भेराईटी थप गराएका छौं, जसले तपाईँको खानाको आवश्यकतालाई सजिलै पुरा गर्नेछ,’ उनले भने। यस वर्ष अझ धेरै आकर्षण र सुविधा भएकोले ग्राहकहरुको सहभागीता बढ्नेमा कम्पनी सुनिश्चित रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved