कोका–कोलाले विश्वकपको प्रायोजन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 04, 2019 | 04:44:49 PM मा प्रकाशित

laxmi  sunrise bank

कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सीलसँग साझेदारी गर्ने भएको छ । कोका–कोला विश्वव्यापी रणनीतिक साझेदारीको रुपमा आईसीसीको ५ वर्षका लागि आधिकारीक पिय पदार्थ पाटर्नर बनेको हो । कोका–कोलाले त्यस अवधिमा आईसीसी क्रिकेटको सबै गतिविधिमा प्रायोजन गर्नेछ ।

कोकले २०१९ मा इंग्ल्यान्ड र वेल्समा आयोजना हुने आईसीसी पुरुष विश्व कप प्रतियोगिता, २०२० मा अस्ट्रेलियामा आयोजना हुने पुरुष तथा महिला टि–ट्वान्टी वल्ड कप, न्यूजिल्यानडमा र भारतमा क्रमशः २०२१ र २०२३ मा आयोजना हुने आईसीसी महिला विश्वकप र आईसीसी पुरुष विश्वकपमा प्रायोजन गर्नेछ ।

कोका–कोलाले ८० वर्षदेखि ओलम्पिकमा, २५ वर्षदेखि विश्वकप रग्बीमा र ५० वर्षदेखि फिफामा साझेदारी गरेको छ ।

नेपालको खेलकूद विकासका लागि कोका–कोलाले एभरेष्ट प्रिमियर लिग, ट्वान्टी–ट्वान्टी क्रिकेट टुनामेन्ट आयोजना गरेको थियो । त्यसबाहेक कोकले विगत १० वर्षदेखि यूवा तथा खेलकूद मन्त्रालय र अखिल नेपाल फुटबल संघ एन्फासँग सहकार्य गरेर धेरै जिल्ला स्तरीय र अन्तर स्कुल फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved