बुद्ध एयरको काठमाडौँ-कोलकाता भाडा तय, यात्रुलाई बिशेष प्याकेज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 13, 2019 | 06:48:33 PM मा प्रकाशित

laxmi  sunrise bank

बुध्द एयरले अन्तर्राष्ट्रियतर्फको दोश्रो उडान भारतको कोलकाताबाट सुरु गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । पश्चिम बंगालका राजधानी कोलकाता उडानका लागि बुध्द एयरले त्यहाँ आफ्नो अधिकारिक कार्यालय पनि खोलिसकेको छ । बुध्द एयरले नवबर्ष २०७६ को आगमनसँगै वैसाख २ बाट कोलकाता उडान भर्न लागेको हो । 

शुरुमा हप्ताको तीन दिन सोमवार, बुधवार र शुक्रवार उडान सञ्चालन गर्ने कम्पनीले जनाएको छ । काठमाडौंबाट बिहान ८ बजे र कोलकाताबाट स्थानीय समय १०ः३० बजे उडान हुने भएको हो । कोलकाता उडान एटीआर ७२ बाट गर्ने यस अघि नै जनाएको छ । बुद्द एयरले २ तर्फी भाडा २४ हजार कायम गरेको छ । 

  बुध्द एयरले नेपालबाट भारतका विभिन्न धार्मिक तथा सांस्कृतिक स्थलहरु भ्रमणको लागि आउटबाउन्ड तथा भारतबाट नेपालका विभिन्न स्थानहरुको भ्रमणको लागि इनबाउन्ड होलिडे प्याकेजहरु पनि सञ्चालन गरेको छ । कोलकाता उडानसँगै जग्गन्नाथपुरी दर्शन, सुन्दरवन, गंगासागर लगायतका भ्रमण प्याकेज सञ्चालनमा आउने कम्पनीले जनाएको छ।   यी प्याकेजहरु बुध्द एयरको भगिनी संस्था बुध्द होलिडेजले गर्ने भएका हुन ।

 अन्तर्राष्ट्रियतर्फ बुध्द एयर भारतको वाराणसीमा साताको सोमबार र शुक्रवार गरि २ उडान भरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved