बिराटनगरमा टाटा मोटर्सको देशकै ठुलो शोरुम' संचालनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 14, 2019 | 10:28:46 AM मा प्रकाशित

laxmi  sunrise bank

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिंगले बिराटनगरमा नयाँ शोरुम संचालनमा ल्याएको छ। तीन हजार बर्गफिटमा फैलिएको यो शोरुम शहरकै ठूला शोरुमहरु मध्ये एक रहेको कम्पनीले जनाएको छ।

यो शोरुम हप्ताको सातै दिन विहान ९.३० देखि बेलुकी ७ बजे सम्म खुल्ने छ। यस शोरुमसंगै देशभर टाटा मोटर्सका २२ वटा अन्य बिक्रि केन्द्र र २५ वटा सर्विस सेन्टर पुगेका छन।

यस प्रकारको उच्चस्तरीय शोरुम संचालनले कम्पनीको ग्राहकलाई उच्च सुविधा दिने प्रयत्नलाई सबल बनाएको टाटा मोटर्स अन्तर्र्रािष्ट्रय व्यापारका प्रमुख, सुजन रोयको भनाई छ।     

टाटा मोटर्स (वार्षिक) ४५ अर्व डलरको कारोबार गर्ने अन्तराष्ट्रिय कम्पनी हो यसले कार, युटिलिटी गाडीहरु, वस, ट्रक अनि सुरक्षामा प्रयोग हुने गाडीहरु उत्पादन गर्छ । यो भारतको सवैभन्दा ठूलो अटोमोवाइल कम्पनी हो र १०० अर्व डलरको कारोवार रहेको टाटा ग्रुपको एउटा हाँगा हो । 

सिप्रदी अटोमोटिभ र सम्वन्धित व्यवसायमा काम गर्ने नेपालको सवैभन्दा ठूला व्राण्डहरु मध्ये एक हो ।  ३४ वर्षदेखि कार्यरत सिप्रदीको वार्षिक कारोवार ३५ करोड अमेरिकी डलर भन्दा वढी छ। 





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved