‘महिन्द्रा उदय’मा एक्सयूभी ३०० र मराजो प्रदर्शन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 19, 2019 | 05:03:10 PM मा प्रकाशित

laxmi  sunrise bank

महिन्द्रा गाडीका विषयमा जानकारी दिन फागनु १० देखी १२ सम्म ‘महिन्द्रा उदय’ नामबाट एकल अटो प्रदर्शनी हुने भएको छ । बजारमा उपलब्ध भएका ३० भन्दा बढी उत्पादनलाई शोकेस गर्दै महिन्द्रा ब्रान्ड, यसका उत्पादन, प्रविधी र विकास चरणबारे जानकारी दिने उद्देश्यले प्रदर्शनी गर्न लागिएको जनाईएको छ ।

उक्त मेला महिन्द्राका लागि नेपालको आधिकारीक वितरक अग्नी इन्कर्पोरेट, एमभी दुगड, श्वराज पार्टनर र महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले संयूक्तरुपमा गर्न लागेका हु्न ।

उक्त अटो शोमा महिन्द्राका चर्चित दुई नयाँ गाडी शोकेस गरिने जनाईएको छ । भर्खरै भारतीय बजारमा सार्वजनिक भएको महिन्द्राको पहिलो कम्प्याक एसयूभी र केही महिना अगाडिदेखि भारतीय बजारमा उपलब्ध एमपीभी मराजो प्रदर्शन गरिने छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved