महिन्द्राको एकल एकल अटो प्रदर्शनी सुरु, ६ वटा नयाँ सवारीसाधन अनावरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 22, 2019 | 05:25:28 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय अटोमोबाइल्स कम्पनी महिन्द्राले आजबाट काठमाडौंको भृकुटीमन्डपमा एकल अटो प्रदर्शनी ‘महिन्द्रा उदय’ को सुरु गरेको छ । नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले उक्त कार्यक्रमको उद्घाटन गरिन ।

कम्पनीले नेपाली बजारमा बिक्री वितरण गर्दै आएको बिभिन्न ३० भन्दा बढी मोडलका उत्पादनहरुलाई उक्त प्रदर्शनीमा राखेको छ । आजकै कार्यक्रममा महिन्द्राले ६ वटा नयाँ गाडिहरुको पनि नेपाली बजारमा अनावरण गरेको छ । महिन्द्राको बहुप्रतिक्षीत एसयुभी एक्सयुभी ३००, नयाँ एमपीभी मराजो, महिन्द्राको नयाँ ट्रयाक्टर जीभो २४५ र यूभो ४१५ तथा मन्द्रिाको हेवी कमर्शियल भेहिकलहरु फ्यूरीयो तथा ब्लेजो २५ ट्रक साथै नयाँ ग्रेडर जी ७५को पनि सार्वजनिक गरेको छ ।

महिन्द्राका लागि नेपालको आधिकारीक वितरक अग्नी इन्कर्पोरेट, एमभी दुगड, श्वराज पार्टनर र महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले संयूक्तरुपमा यो लाइफस्टाइल एन्ड अटो शो आयोजना गर्न लागेको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved