ह्वावे वाई सेभेन २०१९ नेपाली बजारमा, फोटोग्राफी र भिडियो मन पराउने लक्षित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 08, 2019 | 06:39:30 PM मा प्रकाशित

laxmi  sunrise bank

ह्वावे कम्पनीको ह्वावे वाई सेभेन २०१९ नेपाली बजारमा भित्रिएको छ। वाई सिरिज अन्तर्गतको यो फोन नेपाली बजारमा लोकप्रिय हुने कम्पनीले बिश्वास जनाएको छ। 

यो स्मार्टफोन निलो, कालो र रातो गरि तीन वटा रंगमा उपलब्ध हुनेछ। यसमा ६.२६ ईन्चको डियूड्रप डिस्प्ले, १३ एमपी+ २एमपीको मास्टर एआई सपोर्टयुक्त एआई क्यामरा र दुई दिनसम्म चल्ने ४ हजार एमएमएच क्षमताको ब्याट्री जडान छ। दुई बर्षसम्म सामान्य तरिकाबाट चार्ज गर्दा पनि ब्याट्री भरपर्दो र राम्रो अवस्थामा रहने कम्पनीको दाबी छ। 

भिडियो मन पराउने बर्गलाई लक्षित गरि ठूलो डिस्प्ले दिनका लागि ह्वावेले नयाँ ह्वावे ड्र्यूड्रप डिस्प्ले ह्वावे वाई सेभेन २०१९ मा जडान गरिएको कम्पनीले जनाएको छ। डिउड्रप डिस्प्लेमा क्यामरा राख्नका लागि राखिएको मोती आकारको सानो स्थानले प्रयोगकर्ताहरूलाई मोबाइलमा सबै खाले सामग्रीहरू हेर्न सहज बनाउने कम्पनीको भनाई छ।         

फिचर 

८६.७ प्रतिशत स्क्रीन–टु–टीपी रेसियो यसमा रहेको छ जुन औसत रुपमा अरु फोनको भन्दा धेरैमाथि हो । ह्वावे वाई सेभेन २०१९ लाई तेस्रो पारेर समात्दा यसको पछाडिको भाग डिजिटल क्यामराजस्तो देखिन्छ । ह्वावे वाई सेभेन २०१९ सबैभन्दा उत्कृष्ट फोटोग्राफी अनुभव प्रदान गर्नका लागि  जानाजान यस्तो गरिएको हो। 

यसमा जडित वाइड एपर्चरले धमिलो पृष्ठभूमि भएको पोरट्रेटहरू पनि सपोर्ट गर्दछ । ह्वावे वाई सेभेन २०१९ मा फेश अनलक २.० रहेको छ जसले मोबाइलफोन खोल्न छिटो र सहज हुन्छ । यो स्मार्टफोनले प्रयोगकर्ताको पहिचानलाई प्रमाणीकृत गर्दछ र मात्र मोबाइलफोन अनलक हुन्छ । प्रयोगकर्ताहरूले अन–स्क्रीन निर्देशनहरूपछि आफ्नो प्रोफाइल राख्न सक्छन् । थप सुरक्षाका लागि प्रयोगकर्ताको अनुहारको विवरण वाई सेभेन २०१९ मा सदाका लागि सेभ हुन्छ ।

वाई सेभेन २०१९ ले डुलल फोर जी र डुअल भिओलटीई सपोर्ट गर्दछ । यो विशेषताका कारण प्रयोगकर्ताहरूले एकैचोटि एउटा सिमबाट फोन गर्न र अर्कोबाट मोबाइल डाटा चलाउन सक्छन्। वाई सेभेन २०१९मा ५१२ जीबीसम्मको एक्पान्डेबल मेमोरी छ र मेमोरी कार्ड राख्न मिल्ने सुविधा छ । ३२ जीबीको इन्टरनल स्टोरेज पनि यो स्मार्टफोनमा रहेकाले सबै तस्वीरहरू, भिडियोहरू, गेमहरू सजिलै स्टोर गर्न सकिन्छ ।नेपाली बजारमा यसको मुल्य १९ हजार ९९० कायम गरिएको छ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved