किस्तामा नै पाइन्छ ह्वावे पी ३० सिरिज, प्रि बुकिङ खुल्ला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 01, 2019 | 11:09:54 PM मा प्रकाशित

laxmi  sunrise bank

ह्वावेको कन्ज्युमर बिजनेस ग्रुप बीजीले ह्वावे पी ३०, ह्वावे पी ३० प्रो र पी ३० लाईट विश्वव्यापीरुपमा सार्वजनिक गरेको छ। फ्रान्सको प्यारिस कन्भेन्सन सेन्टरमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको ह्वावे पी ३० सिरिज नेपालभरी नै प्रि–बुकिङ्गको लागि उपलब्ध भएको कम्पनीले जनाएको छ।  

नेपाली बजारमा ह्वावे पी ३० प्रो को मूल्य ११९९००,ह्वावे पी ३० को मूल्य रु.८४९०० र ह्वावे पी ३० लाईट को मूल्य ३९९०० कायम गरिएको छ।  दराज अनलाइनबाट यो फोन प्रि–बुकिङ्गको लागि उपलब्ध भएको जनाइएको छ। 

प्रि–बुक गर्ने ग्राहकको लागि विशेष उपहारको पनि व्यवस्था रहेको कम्पनीले जानकारी दिएको छ। चैत्र १७ गतेदेखि खुलेको प्रि–बुकिङ्ग चैत्र २७ सम्म उपलब्ध रहनेछ ।

पी ३० सिरिज्को खरिदका लागि निम्न बैंकहरुबाट शुन्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी सुविधा उपलब्ध छ। नबिल, माछापुछ्रे, मेगा, कुमारी, सिद्धार्थ, ग्लोबल आईएमई, सेञ्चुरी, एनआईसी एशिया, एनएमबी र नेपाल इन्भेष्टमेन्ट बैंकहरुबाट शुन्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा प्राप्त हुने जनाइएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved