औपचारिक रुपमा रिद्धिसिद्धि सिमेन्ट बजारमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 08, 2019 | 10:42:37 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली बजारमा रिद्धिसिद्धि सिमेन्टले औपचारिक बिक्रि सुरु गरेको छ । कम्पनीको सिमेन्ट यस अघि नै बिक्रि वितरण भईसकेको भएपनि आइतबारबाट यसको औपचारिक बिक्रि सुरु गरिएको हो  ।  नेपालका दुई ठूला औद्योगिक घराना शंकर ग्रुप र अम्बे ग्रुपको संयुक्त लगानीमा रिद्धिसिद्धी सिमेन्ट नेपाली बजारमा आएको हो ।

२०७३ फागुनमा स्थापना भएको यस कम्पनीले हेटौडा र चितवन स्थिति आफ्नै चुनढुंगा खानीबाट दैनिक ३ हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिएको छ । 

सिमेन्टले सर्वोत्कृष्ट युरोपेलि प्रविधि प्रयोग गर्ने गरेको जनाएको छ।  जस अन्तर्गत प्लान्टमा  भर्टिकल रोलर मिल (भिआरएम), सेन्ट्रल कन्ट्रोल रुम प्रविधि, नेपालमा नै पहिलो पटक रोबो ल्याब सिस्टम र लेजर सिल प्याकेजिङ प्रविधि अपनाइएको निर्देशक इन्जिनियर आनन्द नेपाल जानकरी दिए । यसबाट सिमेन्टको गुणस्तरमा नयाँ मापदण्ड खादा गरेको कम्पनीले दाबी गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved