ह्वावे पी ३० स्मार्टफोन सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 08, 2019 | 01:22:38 PM मा प्रकाशित

laxmi  sunrise bank

ह्वावेको पी ३० सिरिजका स्मार्टफोन नेपालमा सार्वजनिक गरिएको छ । कम्पनीले ह्वावे पी ३०, ह्वावे पी ३० प्रो र ह्वावे पी ३० लाईट सार्वजनिक गरेको हो । बजारमा सार्वजनिक भएपनि कम्पनीले विक्रि भने चैत्र २९ बाट मात्रै सुरु हुने जनाएको छ । 

ह्वावे पी ३० प्रो को मूल्य १ लाख १९ हजार ९०० रुपैयाँ तोकिएको छ भने  ह्वावे पी ३० को मूल्य ८४ हजार ९०० रूपैयाँ तोकिएको छ । त्यस्तै ह्वावे पी ३० लाईट को मूल्य ३९ हजार ९ सय ९० रूपैयाँ पर्दछ । 

ह्वावेको पी ३० सिरिजका स्मार्टफोनहरू शून्य ब्याजदरमा खरिद गर्न कम्पनीले नबिल बैंक, माछापुच्छ्रे बैंक, मेघा बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, ग्लोबल आईएमआई बैंक, सेन्चुरी बैंक, एनआईसी एसिया, एनएमबी बैंक, र नेपाल इन्भेस्टमेन्ट बैंकसँग सहकार्य गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved