वर्कशप दर्ता गर्न १५ दिनको म्याद

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 13, 2019 | 01:43:38 PM मा प्रकाशित

laxmi  sunrise bank

यातायात ब्यबस्था बिभागले नविकरण नभएका वर्कसप तथा कारखानालाई नविकरण गर्नको लागि सुचना जारि गरेको छ । बिभागले नविकरण गर्नको लागि १५ दिनको म्याद दिएको छ । 

बिभागले सुचना जारि गर्दै सवारि तथा यातायात ब्यबस्था ऐन २०४९ अनुसार कारखाना तथा वर्कसप अनिवार्य दर्ता तथा नविकरण गर्न आह्वान गरेको हो । अधिकांश वर्कशपहरु दर्ता बिना नै सन्चालन भैरहेको हँदाु दर्ता तथा नविकरणको लागि सूचना जारी गरिएको बिभागले बताएको छ । 

सवारी तथा यातायात व्यवस्थाको कार्यविधि निर्देशिका, २०६० ‘संशोधित’ अनुरुप  मापदण्ड पुरा गरी १५ दिनभित्र सम्बन्धित यातायात व्यवस्था कार्यालयहरुमा दर्ता तथा नविकरण गर्न बिभागले समय तोकेको हो ।  

अनुगमनको क्रममा कारखाना तथा वर्कसपहरु  दर्ता नगरि सन्चालन गरिएको पाइएमा प्रचलित कानुन अनुसार कारवाहि गरिने बिभागले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved