ओपोको आर सिरिज बन्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 10, 2019 | 01:42:07 PM मा प्रकाशित

laxmi  sunrise bank

ओपोले कम्पनीको आर सिरिजका फोनहरुको उत्पादन बन्द गर्ने भएको  भएको छ ।  नयाँ मोडल रेनो सार्बजनिक गरेपछि कम्पनिले यस्तो घोषणा गरेको छ । ओपोले उपभोक्तालाइ समावेशी डिजाइन र विशिष्ट सौन्दर्य भएको फोनहरु रेनो र रेनो १० एक्स उपलब्ध गराएपछि कम्पनि परिवर्तन उन्मुख भएको हो । 

ओपोको ‘क्लासिक हलमाकर्’, ‘बोल्ड डिजाइन ल्यांग्वेज’मा केन्द्रित हुँदै ओपोले कम्पनीको ध्यान आफ्नो उच्च क्यामेरा प्रविधिमा केन्द्रित गर्दैछ । यसैको नतिजाका रुपमा ओपोको नयाँ रेनो १०एक्स जुमलाई लिन सकिन्छ । यस उपकरणमा सार्क फिन पप्–अप क्यामेरा, स्न्यापड्रागन ८५५ प्रोसेसर र १० एक्स हाईब्रिड जुम लेन्सका साथमा ट्रिपल क्यामेरा सेटअप उपलब्ध गरिएका छन् । सोहि कारण रेनो जस्ता प्रिमियम सिरिजमा आफ्नो ध्यान केन्द्रित गर्न सर्वाधिक विक्रि हुन सफल मोडल भएतापनि आर–सिरिजलाई डिस्कन्टिन्यू गर्न लागिएको हो ओपोका उपाध्यक्ष शेन यिरेनले बताए।

कम्पनीका अनुसार ओपो रेनो १० एक्स जुम इडिसनमा ६.६५ ईञ्च फुल–एचडीं एमोलेड डिस्प्ले जडान गरिएको छ भने ओक्टा–कोर क्वालकम स्न्यापड्रागन ८५५ प्रोशेसरले शक्ति प्रदान गर्छ । प्रयोगकर्ताका सेल्फीलाई थप क्रिस्प र शार्प बनाउन यस स्मार्टफोनमा एफर १.७ एपर्चर सहितको ४८ एमपी सोनी आईएमएक्स ५८६ सेन्सरको प्रयोग गरिएको छ । कम्पनीको यस फ्ल्यागशिप ह्याण्डसेटमा पेरिस्कोप टेलिफोटो लेन्स सहितको १३ एमपी सेकेण्डरी सेन्सर र ८ एमपी सुपर वाइड एंगल सेन्सर जडान गरिएको कम्पनीले जनाएको छ। 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved