सरकारले शक्तिवद्र्धक पेय पदार्थको आयातमा प्रतिबन्ध लगाएको छ । फ्लेभर्ड सेन्थेटिक ड्रिंक्स लगायतका पेय पदार्थको आयातमा पूर्ण प्रतिबन्ध लगाएको हो ।
उद्योग मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन गरी निकासी तथा पैठारीसम्बन्धी सूचित आदेशमा भएको व्यवस्था परिमार्जन गर्दै यस्तो व्यवस्था गरेको बताएको छ । यो व्यवस्था मंगलबारै राजपत्रमा प्रकाशित भइसकेको छ ।
मन्त्रालयले २० माइक्रोकोनको सट्टा कम मोटाइका प्लास्टिक झोला सिटको आयातमा समेत रोक लगाएको छ ।